१३ बैशाख २०८१, बिहिबार

मानव ओसारपसार तथा बेचबिखन न्युनिकरणका लागि राज्य नै अग्रसर हुुनु पर्ने

संवाददाता

मानव बेचविखन बिरुद्धको अभियान अन्तरगत सरोकारवालासँग छलफल

विराटनगर । माइती नेपालले मानव बेचविखन बिरुद्धको अभियान अन्तरगत सरोकारवालासँग छलफल थालेको छ। मानव बेच बिखन न्यूनिकरणका लागि यस अघि यातायात क्षेत्र चालकहरुसँग छलफल गरेको माइती नेपालले शुक्रबार मानव बेचबिखन तथा ओसापारसँग जोडिएर आउने सम्बन्धित क्षेत्रका सरोकारवालासँग छलफल गरेको हो । ईलाका प्रहरी कार्यालय रानी, वकिल, सामाजिक संघ संस्थाहरुका बिचमा भएको छलफलमा मानव ओसारपसार तथा बेचबिखन न्युनिकरणका लागि राज्य नै अग्रसर हुनु पर्ने बताए ।
मानव बेचबिखन तथा ओसारपसार बिरुद्धका मुद्दाहरु ईलाका प्रहरी कार्यालय मार्फत दर्ता हुँदा संघ संस्थाबाट आएका उजुरीहरु हालसम्म दर्ता भएको प्रहरीले जानकारी गराएको थियो । संस्था र प्रहरीका बिचमा समन्वय हुँदा मात्र मानव बेचबिखनका घटनामा कमी आउन सक्ने दाबी प्रहरीको छ। कार्यक्रममा मानव अधिकार सञ्जालका डिकप्रसाद घिमिरे, ईन्सेक विराटनगरका संयोजक सोमराज थापा, नेपाल बार एशोसिएशनका लीला सुबेदी, कविता बस्नेत, सिविनका बासु अधिकारी, सानाहातहरु संस्थाका ईश्वर जोसी, एविसी नेपालकी मिना श्रेष्ठ सहित वडा समिति १३ र १६ का जनप्रतिनिधि वडा सदस्यहरुको सहभागीता रहेको थियो । उनीहरुले मानव ओसारपसार न्युनिकरणकालागि समुदायबाट नै अभियानको थालनी भए मात्र कमी आउने बताए । सीमानाकामा हुने निगरानीले केही नियन्त्रणको प्रयास गरेपनि लुकीछिपी सीमा पार हुनसक्ने बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्