०८ बैशाख २०८१, शनिबार

प्रदेश १मा देउवा–सिटौलाको तालमेल, चुनावी मैदानमा थापा र घिमिरे

संवाददाता

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिका लागि २ जनाले मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेसको पहिलो प्रदेश अधिबेशनबाट नयाँ नेतृत्व चयनका लागि भोली निर्वाचन कार्यातालिका सार्बजनिक गरिएको छ। प्रदेश १ मा देउवा–सिटौला पक्ष र कोईराला–समुह बिच प्रतिस्पर्धा हुने भएको छ। जसका लागि छुट्टा छुट््टै प्यानल बनाएर चुनाबी मैदानमा होमिएका छन् ।
सभापतिकोलागि संस्थापन देउवा–सिटौला समुहबाट झापाका उद्धब थापाले मनोनयन दर्ता गरेका छन् भने कोईराला–पौडेल समुहबाट गुरुराज घिमिरेले सभापतिको लागि मनोनयन दर्ता गराएका छन् । दुईजना उपसभापतिको लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा गोविन्द ढुंगाना, विश्वनाथ रिजाल, टंक राइ र रमेशजंग रायमाझीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ। ढुंगाना, रिजाल कोईराला पक्षीय उम्मेदवार हुन् भने राई र रायमाझी देउवा–सिटौला समुहका उम्मेदवार हुन् । दुई महामन्त्री पदको लागि पनि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भुपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङ्गाले मनोयन दर्ता गराएका छन् । कोईराला समुहबाट थापा, श्रेष्ठ हुन भने राई र पालुङ्गा देउवा–सिटौला समुहबाट मनोनयन दर्ता गराएका हुन् ।
१ महिला र २ खुल्ला सहित ३ जना सहमहामन्त्रीका लागि १० जनाको उम्मेदवारी दर्ता भएको छ। महिला सहमहामन्त्रीका लागि प्रमिला गच्छदार र सीता कार्कीको उम्मेदवारी परेको छ। निर्वाचन समितिका अनुसार खुला सहमहामन्त्रीका लागि अन्जना ताम्ली, ईन्दीरा थापा, मानबहादुर लिम्बु, रोहित साह, सुभचन्द्र राई, विरकाजी राई, विनोदकुमार बस्नेत र खड्गबहादुर फागोको उम्मेदवारी परेको नेपाली कांग्रेस प्रदेश १ अधिवेशन प्रचार समितिका सदस्य सचिव लिलाबल्लभ घिमिरेले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्