०८ बैशाख २०८१, शनिबार

प्रदेश १ मा १९ जनामा कोरोना संक्रमण

संवाददाता

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । ३५० जनाको पीसीआर परीक्षण गर्दा १८ जना र ४७ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, मोरङमा ५, सुनसरीमा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।
झापाको विर्तामोडमा २, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, बाहृदशी, गौरीगञ्ज र शिवसताक्षीमा १–१, मोरङको कानेपोखरीमा २, उर्लाबारी, बेलबारी र सुन्दरहरैचामा १–१, सुनसरीको दुहवीमा २, भोजपुरको अरुण गाउँपालिकामा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १६ जना कोरोना संक्रमणमुक्त छन् । संक्रमणमुक्त हुनेमा ७ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्