१४ बैशाख २०८१, शुक्रबार

मोरङको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना, २ जनाको मृत्यु

संवाददाता

विराटनगर । मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका ११ रामपुर चौकमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को२त ७१३९ नम्बरको ट्याक्टरले विपरित दिशा तर्फ जाँदै गरेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार सोही स्थानका ३४ बर्षीय मुन्ना कुमार साहनी घाईते भएका हुन् । सहनिको कोशी अस्पताल विराटनगरमा पु¥याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालक सोही स्थानका १९ बर्षीय मुकेश कामत जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ ।
मोरङकै बुढिगंगा गाऊपालिका २ टंकीमा दक्षिणतर्फ जाँदै गरेको प्र.१–०४००१ प ६४६० नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको छ। स्कुटर डिबाईडरमा ठक्कर खाई दुर्घट्ना हुँदा स्कुटर चालक मोरङ उर्लाबारी नगरपालिका ४ आईतबारेका २६ बर्षीय सुरज खनाल घाईते भएका थिए । उनको बिराट मेडिकल कलेज टंकीमा उपचारको क्रममा राती साढे मृत्यु भएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्