१२ बैशाख २०८१, बुधबार

नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल पोखरामा हुने

संवाददाता

पोखरा रंगशाला

पोखरा । पोखरामा नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । दुईवर्ष अघि साउथ एसियन गेम अन्तर्गत महिला फुटबल प्रतियोगिता भएको पोखरा रंगशालामा अगष्ट अन्तिम साता महिला मैत्रीपूर्ण खेल हुन लागेको हो ।

त्यसपछि पुरुषको खेल समेत हुने राखेप बोर्ड सदस्य राजेश गुरुङले जानकारी दिए । खेलको मिति नजिकिँदै जाँदा पोखरालाई भने संरचना निर्माणको चटारो थपिएको छ । रंगशालाको मर्मत र नयाँ संरचना निर्माणलाई तीब्रता दिईएको गुरुङको भनाई छ ।

‘१०-१२ दिनमा काम सकिन्छ होला । खेलको ट्वाक्कै मिति आएको छैन । हामी तयार छौं,’ उनले भने, ‘निर्माण कम्पनीसँग कुरा भएको छ । सहजीकरणका लागि राखेप तयार छ ।’ राष्ट्रिय खेलकुद परिषदले मैदानको अवस्थाबारे जाँच गरेर फर्किएको छ । प्यारापीट निर्माण र आवश्यक संरचना दुई साताभित्रै थपिसक्ने गुरुङले सुनाए । चेन्जिङ रुम र प्लेयर बक्स पहिलो शर्त छ, यहाँ खेल हुन । रंगशाला निर्माणको म्याद अक्टुवरसम्म छ ।

यहाँ कमेन्ट गर्नुहोस्