०७ बैशाख २०८१, शुक्रबार

भोक्राहाका करिब ६ सय डुवान प्रभावित परिवारलाई राहत बितरण

संवाददाता

सुनसरी । सुनसरीको भोक्राहा गाउँपालिकामा बेमौसमीबर्षा पछि आएको बाढि र डुबानबाट प्रभावित परिवारलाई सहारा नेपालले राहतवितरण गरेको छ । बिहिबार भोक्राहा गाउँपालिकाका विभिन्न वडाका बाढि तथा डुबान प्रभावित पाँच सय ८५ परिवारलाई खाद्यान्न सामाग्री सहितअन्य सामाग्रीहरु वितरण गरिएको हो ।
भोक्राहागाउँपालिकाकी उपाध्यक्ष पुनमकुमारी महताले पिडित परिवारलाई राहत सामाग्रीवितरण गरे ।  विभिन्न वडामा पुगेर सामाग्री वितरण गर्नुका साथै अनुगमन पनि गरे ।
बाढि तथा डुवानबाट पिडित भएका परिवारलाई सामाग्रीवितरण गर्दै उपाध्यक्षपुनमकुमारी मेहताले विपतको समयमा राहत सामाग्रीले ठुलो सहयोग पुगेको बताईन्। गाउँपालिकाले यस अघि वितरण गरिएको सामाग्रीप्रयाप्तनभईरहेको अवस्थामा सहारा नेपालले खाद्य समाग्रीप्रदानगर्दा थपसहयोग पुगेको बताईन् ।
यता, वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र यादवले बाढिको डुवानमा परी बिहान बेलुका दैनिकगुजारा गर्न गाह्रो परिरहेका परिवारलाई खाद्य सामाग्रीले ठुलो सहयोग पुग्ने बताए  ।
कात्तिको पहिलो साताआएको बेमौसमीबर्षाले भोक्राहागाउँपालिकामा ठुलो क्षतिपुर्याएको थियो ।त्यसमापनिविशेष गरी गाउँपािलकाको वडा नम्बर ४,५,७,८मा बढि क्षतिपुगेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले नै उपलब्ध गराएको विवरणका आधारमाबाढि प्रभावित सोही वडामा पुगेर सहारा नेपालले खाद्यान्न सामाग्रीवितरण गरेको हो । एक्सन एगेन्स्ट् हंगर नामक संस्थाको आर्थिक सहयोगमा गाउँपालिकाको सहकार्यमा सहारा नेपालले राहत सामाग्री वितरण गरेको हो ।
बाढितथा डुवानबाट प्रभावितभएकाप्रति परिवारलाई २५ के.जीचामल, १० के.जी दाल, २ के.जीचिनी,२ लिटर तेल, २ के.जी गेडागुडी,नुन,साबुन,बाल्टी,क्लोरिन झोल लगायतका सामाग्रीहरु वितरण गरिएको सहारा नेपालकाउपाध्यक्ष सोमनाथ तिम्सिना जानकारी दिए ।
विपतको समयमाप्रभावितहरुकालागि बाढि प्रतिकार्यात्मक परियोजना अनुसार पिडित परिवारलाई राहत सामाग्रीवितरण गरिएको सहारा नेपालका कोषाध्यक्ष श्यामकुमार प्रधानले जानकारी दिनुभयो । यस परियोजनाले यस अघि पनिअन्य क्षेत्रमा राहतवितरण गर्दै आएको उनको भनाई थियो ।
राहत सामाग्रीपाएका स्थानियहरुले भने खुसीव्यक्त गरेका छन् । भोक्राहा गाउँपालिका ७की ममता यादवले बाढिले खानेकुरा सबै बगाएको बताईन् । राहतमा पाएको खाद्य समाग्रीले ठुलो सहयोग पुगेको उनले प्रतिक्रिया दिईन् ।

यहाँ कमेन्ट गर्नुहोस्