१६ चैत्र २०८०, शुक्रबार

रंगेलीमा २१ महिने बालिका हत्या आरोपमा दुईजना पक्राउ

संवाददाता

विराटनगर । मोरङको रंगेलीबाट बालिका हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले कर्तब्य ज्यान कसूरमा संलग्न २ जना पक्राउ गरेको जनाएको हो । मोरङको रंगेली नगरपालिका वडा नम्बर २ नहरटोलका चन्द्र उराउको २१ महिनाकी छोरी युनिसा उराउ मंसिर २६ गतेदेखि बेपत्ता भएकी थिईन् । घरबाटै हराएकी युनिसा हराएको बारेमा उनका परिवारले प्रहरीमा जानकारी गराएका थिए । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले युनिसाको खोजी गर्ने क्रममा मंसिर २८ गते दिउँसो चन्द्र उराउको घर पछाडीको पैनीमा गाडेको अवस्थामा बालिकाको शब फेला पारेको थियो । शब फेला परेपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले हत्याको आशंकामा २ जनालाई पक्राउ गरेको जनाएको छ। कसूरमा संलग्न मोरङको रंगेली नगरपालिका वडा नम्बर २ नहर टोल बस्ने बर्ष ४६ को सैनी उराउ र बर्ष ३५ की संगिता उराउलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । प्रहरीले दुबैजनालाई आईतबार नै पक्राउ गरेको भएपनि आज मात्र सार्बजनिक गरेको हो । बालिकालाई हत्या गर्नुको कारण बारेमा अनुसनधान भईरहेको उनले बताए । उनीहरुलाई मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसूरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्