०८ बैशाख २०८१, शनिबार

विराटनगरमा प्रहरीसँग १ दिन, साना बालबालिका र शिक्षकलाई प्रशिक्षण

संवाददाता

विराटनगर । प्रहरीले बिद्यार्थीलाई पठाउन थालेको छ । प्रहरीसँग १ दिन कार्यक्रम अन्तरगत बिद्यार्थी लक्षित अभियान शुरु भएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङमा सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीको समन्वयमा लर्ड बुद्ध निकेतन स्कुल विराटनगरमा बिद्यार्थीलाई प्रशिक्षण दिएको हो । कक्षा ३,४,५ मा अध्यनरत विद्यार्थी तथा शिक्षकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा बोलाए प्रशिक्षण दिईएको हो । जिल्ला प्रहरी कार्यालयले प्रदान गरिने सेवा, कार्यालय परिसर तथा शाखाहरूको काम कारवाही बारे जानकारी एवं अन्तरक्रिया गरि ‘प्रहरीसँग १ दिन’कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्