१८ बैशाख २०८१, मंगलबार

सुनसरीमा बस र ट्रक ठक्कर खाँदा आगलागी, तीन जनाको मृत्यु २७ जना घाईते

Click Biratnagar

सुनसरी । सुनसरी भोक्राहा नरसिहं गाउँपालिका ३ खुनिया पुलमा बस र ट्रक ठक्कर खाई आगोलागी हुँदा तीन जनाको मृत्यु भएको छ । २७ जना घाईते भएका छन् । मृत्यु हुनेमा बस चालक झापा गोलधाप १ का ४५ बर्षीय सरोज राई, बसमा सवार भारत पश्चिम बंगाल कालचोनी बस्ने २५ बर्षीय निहाल प्रधान र ट्रक चालक बारा निजगढ नगरपालिका ९ का २७ बर्षीय शेख फिरोज रहेको प्रहरीले जनाएको छ। घाईते भएका २७ जनाको सुनसरी र विराटनगरको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.८.ख ८४९३ नम्बरको बस र बिपरित दिशा तर्फ आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटना भएपछि उद्दार गर्ने क्रममा अचानक दुबै सवारी साधनमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट बस र ट्रकमा चेपिएका ३ जनाको जलेर मृत्यु भएको हो । उक्त आगो दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राती नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्