१८ बैशाख २०८१, मंगलबार

बिरामीको मृत्युपछि अस्पतालमा तनाव

संवाददाता

विराटनगर । सुनसरीका एक ब्यक्तिको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले बिराटनगरमा रहेको लाईफगार्ड अस्पतालमा प्रदर्शन गरेका छन् । सुनसरी बर्जु गाउँपालिकाका २२ बर्षीय धनीलाल उराव घरमै लडेर खुट्टा र टाउकोमा सामान्य चोट लागे अस्पताल आएकोमा उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित भएका हुन् ।
मदिरा सेवनबाट लडेर उपचारका लागि ल्याईएका उरावको शुरुमा स्वास्थय अबस्था ठिक रहेको आफन्तको भनाई छ। उपचारका क्रममा एक्स–रे गरेर हेर्दा सामान्य रहेको जानकारी डाक्टरले आफन्तलाई दिएको तर राती एक्कासी बिरामीको मृत्यु भएको मृतकका आफन्तको भनाई छ।
शुरुमा स्वास्थ्य अबस्था सामान्य रहेको भनिएको भएपनि पछि डाक्टरको लापरवाहीले मृत्यु भएको उनीहरुको आरोप छ। मृत्यु भएका उरावको शब आफन्तले बुझ्न मानेका छैनन् । अस्पताल प्रशासनले भने धेरै मदिरा सेवनका कारण उरावको मृत्यु भएको जनाएको छ।
अस्पतालका ब्यवस्थापक निरोज श्रेष्ठले अस्पताललको समस्या समाधानको लागि प्रयास भईरहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्