१८ बैशाख २०८१, मंगलबार

विराटनगरको रानी क्षेत्रका ब्यवसायीले आठ बर्षमा भेटे बजार अनुगमन टोली

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १७ मा सरकारी अनुगमन टोली बजार अनुगमनमा थियो । बजार अनुगमनमा गएको समयमा कसैलाई थाहा थिएन कहाँ के को अनुगमनमा जाँदैछौँ भन्ने ।
प्रमुख जिल्ला अधिकारी काँशीराज दाहाल नेतृत्वको टोली अघि लाग्यो भने सँगै आन्तरिक राजश्व कार्यालय, वाणिज्य ततथा उपभोक्ता हित संरक्षण कार्यालय सहित सशस्त्र प्रहरी र नेपाल प्रहरीका मोरङ जिल्लाका प्रमुखहरु पछि पछि थिए । टोली बिहान ८ बजे बिराटनगरको रानी नाकामा पुग्यो । मटेरुवामा पुग्दा सिमा निगरानीको लागि आएको होलान् भन्ने सोचेका ब्यवसायीहरु एकाएक टोली मदिरा पसलहरुमा पस्न थाल्यो । मदिराको खुद्रा तथा थोक बिक्रेता र होटल ब्यवसायमा पसेको अनुगमन टोलीले एकैदिनमा १७ वटा ब्यवसायमा अनुगमन गरेको थियो । दिउँसो २ बजेतिर रानीमा रहेको राजु हाटलमा पुगेको अनुगमन टोली देख्दा होटल संचालक राजन श्रेष्ठ छक्क परे । उनले रानी क्षेत्रमा होटल संचालन गरेको ८ बर्ष भयो । अहिलेसम्म कुनैपनि अनुगमन टोली आएर यसरी कागजात सोधीखोजी नै नगरेको सुनाए । ’मैले ब्यवसाय गर्न थालेको ८ बर्ष भयो, उनले भने, तपाईहरु पहिलो पटक आउनु भयो यसले मलाई ब्यवसाय गर्न थप हौस्यायो ।’ उनी मात्र हैन २५ बर्षदेखि ब्यवसाय गर्दै आएका ब्यवसायीले पनि जम्मा ५ पटक मात्र अनुगमनको महसुस गरेको सुनाए ।
मटेरुवामा पसल गरेर बसेकाहरुले भारतको बिरामा मदिरा बन्देज लगाईएपछि बिक्री गर्नको लागि घरको बोर्डर तर्फ प्वाल पारेर बेच्ने गरेको फेला पारेको छ । कानुन बिपरित गलत तरिकाले बिक्री बितरण गरेको फेला पारेपछि अबैध कार्य नगर्र्न र भएका प्वाल तथा झ्यालहरु बन्द गराउन निर्देशन दिईएको सशस्त्र प्रहरीका उपरिक्षक राजकुमार लामिछानेले बताए । त्यहाँबाट निस्किएको अनुगमन टोली ईस्लामपुर क्षेत्रमा पुगेको थियो । त्यो क्षेत्र चोरी निकासीको लागी अत्यन्न्तै संवेदनशिल नाका हो । कोभिडको बेलामा मुख्य नाका बन्द हुँदा ईस्लामपुर र मटेर्वा नाका प्रयोग हुँदै आएको थियो । ईस्लामपुरमा खासै मदिरा ब्यवसाय फेला नपारेको अनुगमन टोलीले रानीको केही डिलर र होटल ब्यवसायमा अनुगमन गर्यो । अनुगमनको क्रममा केही ब्यवसायीले खरिद बिक्री बिल नराखेको, ब्यवसाय दर्ता नगरेको ललगायत पाईएपछि जरिवाना तोकिएको वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय बिराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । १७ वटा ब्यवसायको अनुगमन गरिएकोमा २ वटालाई जरिवाना गरिएको उनले बताए । बिल बिजक नभएको भन्दै श्रेष्ठ सप्लायर्सलाई २० हजार र देउराली स्टोरलाई १० हजार जरिवाना गरेको पोखरेलले बताए । टोलीले भन्सार नाका र त्यसको आसपासको क्षेत्रको बजार अनुगमन गरिएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी सिमा क्षेत्रमा अबैध मदिराको पसलहरु संचालनमा रहेको, अन्य ब्यवसाय दर्ता प्रक्रियामा नगएको, कर समयमा नतिरेको, नबिकरण नगरेको लगायता गुनासा आएपछि अनुगमन गर्नु परेको बताए । चाडपर्बको बेलामा मात्र बजार अनुगमन गर्ने भन्ने गुनासोलाई चिर्दै नियमित प्रक्रिया अनुसार अनुगमनलाई ध्यान दिईएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्