सुभाष भण्डारी
 
बिराटनगर  । नेपाल बिद्यार्थी संघको ५३ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाईएको छ। दिवसको उपलक्ष्यमा बिराटनगर ३ मा मानव सेवा आश्रमका आश्रितलाई भोजन गराएको हो । १०३ जना आश्रितलाई खाना खुवाएको नेबि संघले जनाएको छ। जुझारु युवाहरूको संघर्ष, त्याग र बलिदानीबाट २०२७ साल बैशाख ६ गते स्थापना भएको नेविसंघले हरेक बर्ष आफ्नो स्थापना दिवस मनाउँदै आएकोछ । यसै अबसरमा ५३औं स्थापना दिवस मनाएको हो ।
नेविसंघको स्थापना दिवसको अवसरमा लोकतन्त्रका लागि आफ्नो प्राण उत्सर्ग गर्ने नेविसंघका वीर शहिदहरु राम, लक्ष्मण, लिला, ठगी, कामेश्वर, कुशेश्वर, सागर सिहं,राजन गिरि लगायत अन्य ज्ञात– अज्ञात शहिदहरुको सम्मान गर्दै आश्रममा आश्रित नागरिक प्रति सद्भाव ब्यक्त गरिएको नेपाल बिद्यार्थी संघ मोरङका निवर्तमान अध्यक्ष देवचन्द्र घिमिरेले बताए ।
निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि सारदा मण्डल ,नेपाली कांग्रेसा जिल्ला सदस्य अनिता थापा मगर, नेपाली कांग्रेस प्रदेश प्रतिनिधि पिंकि सापकोटा, वडा ३ सचिब आशिष ओझा , सहसचीव सन्तोष आचार्यको सहभागीता थियो ।
संघका पुर्व आमन्त्रित केन्द्रिय सदस्य सुधीर यादव ,पुर्व उपाध्यक्ष फडिन्द्र निरौला ,पुर्व जिल्ला सदस्य त्रिभुषण गिरी, सुकुना क्याम्पस पुर्व सभापति सुमन ढकाल ,सुन्दर हरैचा नगर सभापति गोपाल कार्की,उपाध्यक्ष एरिका ढकाल ,पुसेट क्याम्पस इकाई उपाध्यक्ष र सचीव अंकित भट्टराई र अभिषेक भट्टराई लगायतको उपस्थिती थियो ।
 
 
								 
								 
								 
								 
								 
								 
								 
								 
                         
                        