१८ बैशाख २०८१, मंगलबार

विराटनगरमा मनोनयन दर्ताको तयारी

संवाददाता

विराटनगर । निर्वाचन आयोगले मनोनयन दर्ताको समयत बिहान १० बजेदेखि तोकेको छ। आज र भोली दुईदिनको समय दिएर गरेको मनोनयन दर्ताको लागि बिहान १० बजेदेखि नै कर्मचारी लाईन लागेर मनोनयन दर्ताको तयारीमा छन् । प्रदेश १ को एक मात्र महानगरपालिकामा मनोनयन दर्ताको लागि कर्मचारीहरुले तयारी पुरा गरेको जनाका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आएका उम्मेदवारी दर्ताको प्रक्रिया अनुसार अघि बढाउने तयारी छ । रुजु गरे, मिले नमिलेको हेरे अघि बढ्ने तयारी भएको मुख्य निर्वाचन भरत लम्सालले जानकारी दिए । कर्मचारी अभावको कारण केही समस्या हुने देखिएपनि त्यसको लागि तयारी गरिएको उनले जानकारी दिए । यो बर्ष निर्वाचन आयोगले १० वटा वडासम्मको लागि ४ जना कर्मचारी र त्यो भन्दा माथि प्रति ३ वडा बरावर १ जना कर्मचारी थपिने ब्यवस्था निर्वाचन आयोगको छ।

यहाँ कमेन्ट गर्नुहोस्