१७ बैशाख २०८१, सोमबार

विराटनगरसँग सीमा जोडिएको क्षेत्रमा गोली चल्यो

संवाददाता

विराटनगर । भारतीय सुरक्षा बल एसएसबीले नेपाल भारत सीमा क्षेत्रमा गोली चलाएको छ। विराटनगरमहानगरपालिका वडा नम्बर १८ ईस्लामपुर क्षेत्रमा गोली चलाएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार दिउँसो करिब २ बजे भारतीय सुरक्षा बल एसएसबीले गोली चलाएका हुन् ।
ड्युटिमा खटिएका भारतीय एक एसएसबीले दुई राउण्ड जमिन र एक राउन्ड आकाशतिर हवाई फायर गरेको स्थानीयको भनाईछ । ति एसएसबीे मदिरा सेवन गरेर गोली चलाएको हुनसक्ने स्थानीयको भनाई छ।
मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काँशिराज दाहालले सिमा क्षेत्र नजिकै गोली चलेको पुष्टि गरे । ‘गोली चलेको क्षेत्र नेपाल भारत सीमा क्षेत्र भन्दा टाढा रहेको छ, उनले भने, नेपाल तर्फको ईस्लामपुरबाट करिब १०० मिटर भारतीय सिमा तर्फ गोली चलेको हो ।’ उनीहरुको आन्तरिक समस्याको कारण गोली चलेको हुनसक्ने प्रजिअ दाहालको भनाई छ। अहिले त्यो क्षेत्रको अबस्था सामान्य रहेको जानकारीमा आएको उनले बताए । घटनाको बारेमा कुनै त्यस्तो कुनै क्षती नभएको जानकारी प्राप्त भएको उनले सुनाए ।
स्थानीयले भने होहल्ला गरेर एसएसबिका एक जनाले गोली चलाएको बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्