१८ बैशाख २०८१, मंगलबार

चुनावी सभालाई सम्बोधन गर्न देउवा विराटनगर आउने

संवाददाता

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवा विराटगरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न बिराटनगर आउँदैछन् । आज बिहान ११ बजे बिराटनगरको पुष्पलाल चोकमा आयोजना हुने सभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कोईराला समुहका नागेश कोईरालाले महानगरपालिकाको मेयरमा टिकट पाएपछि देउवा समुह रुष्ट छन् । कांग्रेसले पार्टी मिलाउनको लागि सबैलाई एकै ठाउँमा राखेर चुनावी सभा गर्न लागेको हो ।
चुनावी सभालाई केन्द्रीय नेता मात्र ११ जनाले सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएकोछ । नेपाली कांग्रेस मोरङको आयोजनामा हुने चुनावी सभालाई प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मा, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोईराला, महेश आचार्य,मिनेन्द्र रिजाल, डा. डिला संग्रौला, अमृत अर्याल, गुरुराज घिमिरे, भीम घिमिरे र नागेश कोईरालालेले सम्बोधन गर्ने नेपाली कांग्रेसका उपसभापति भक्ति माझीले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्