१८ बैशाख २०८१, मंगलबार

बिराटनगर जेसीज ५०: जेसीज सप्ताह गरिने

संवाददाता

बिराटनगर । बिराटनगर जेसीज ५० बर्ष पुगेको सुखद उपलक्ष्यमा स्वर्ण जयन्ती  जेसीज सप्ताह आयोजना गरिने भएको छ ।  फाल्गुन २० गते शनिवार देखि फाल्गुन २७ गते शनिवार सम्म बिबिध कार्यक्रमको आयोजना गरि सप्ताह संचालन गरिने छ । पहिलो दिन २० गते स्वास्थका लागि दौड नाराका साथ बिराटनगर रन को आयोजना गरिने छ । जसमा प्रथम हुने लाई रु ५१०० , दोश्रो हुनेलाई रु ३१०० तेस्रो हुने लाई रु २१००का दरले पुरस्कार प्रदान गरिने छ । जसमा बिना कुनै रजिस्ट्रेसन सहभागी हुन पाइने छ भने सहभागीलाई टिसर्ट जुस र खाजाको ब्यबस्था गरिएको छ ।
त्यस्तै दोस्रो दिन बाल मा बि बिराटनगर १४ का बिद्यार्थीका लागि व्हाइट बोर्ड तथा शैक्षिक सामाग्री प्रदान गरिने छ । तेस्रो दिन मायाको भोजन तथा आँखा शिविर मानव सेवा आश्रम मा आयोजना गरिने छ । चौथो दिन रङ्गिन होलि तथा बिराटनगर जेसीज को ५० औ स्थापना दिवस जेसीज भवन बिराटनगरमा सम्पन्न हुने छ । त्यस्तै ५ औ दिनको कार्यक्रम प्रभावकारी कार्यक्रम संचालन वर्कसप जेसीज भवन बिराटनगरमा समपन्न हुने छ भने छैठौ दिनको कार्यक्रम अबको बिराटनगर बिराटनगर महानगरको सभा हलमा सम्पन्न हुने छ ।
सातौ दिनको कार्यक्रम फाल्गुन २७ गते शनिबार होटल मनास्लु इन बरगाछी मा स्वर्ण जयन्ती जेसीज सप्ताह समापन तथा जेसीज सम्मान कार्यक्रम गर्दै सम्पन्न गरिने जेसीज सप्ताह समापन कार्यक्रमका मुख्य कार्यक्रम सयोजक तुलसी निरौलाले जानकारी दिए ।
बिराटनगर जेसीजका अध्यक्ष अभिनास थापाका अनुसार  बिराटनगर जेसीज ५० बर्ष पुगेको उपलक्ष्यमा आयोजना गर्न लागिएको कार्यक्रम जेसीजको मात्र नभएर समग्र बिराटनगरबासीको लागि नै गर्वको कुरा भएको र सम्पुर्ण कार्यक्रममा सहभागी हुन बिराटनगरवासी लाइ अनुरोध गर्नु भयो ।
त्यस्तै स्वर्ण जयन्ती बर्ष मुल आयोजक समिती सयोजक बिराटनगर जेसीजका पुर्व अध्यक्ष गोपाल गुप्ताका अनुसार स्थापना देखि नै पहिलो रक्तदान गर्ने सस्था पहिलो मन्टेश्वरी संचालन गर्ने सस्थाका रुपमा परिचित बिराटनगर जेसीजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेतृत्वमा बिराटनगरलाई   पुर्याएको स्मरण गर्दै आगामी पुस्ताका लागि समेत अघिल्लो पुस्ताले गरेका गतिविधिहरुलाई नियाल्दै आगामी दिनमा अघि बढ्नका लागि समेत स्वर्ण जयन्ती बर्ष महत्वपूर्ण हुने बताउनु भयो ।
पुर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालवानीले  बिराटनगर जेसीजले ३ जना राष्ट्रिय अध्यक्ष , एक जना अन्तर्राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष र एक जना अन्तर्राष्ट्रिय उपाध्यक्ष जन्माउन सफल भएको र आगामी दिनमा बिराटनगर जेसीज बाट अन्तर्राष्ट्रिय सम्मको यात्रा तय गर्न स्वर्ण जयन्ती बर्षले प्रेरणा मिल्ने बताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्