२३ बैशाख २०८१, आइतबार

हत्या अभियोगमा भाई पक्राउ

संवाददाता

विराटनगर । खोटाङमा दाजुको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडेका ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। गत भदौ ९ गते दिउसो ११ बजे घरबाट हिँडेका गिरीराज घर नफिर्किपछि खोजी शुरु गरिएको थियो । खोज्दै जाने क्रममा १० गते बिहान २ बजे घर देखि करिब २ सय मिटर बारीमा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय खोटाङबाट गएको प्रहरी टोलीले घटना शंकास्पद भएको भन्दै अनुसन्धान थालेको थियो । अनुसन्धानको आधारमा घटनाको प्रकृती, स्थानियबासीको सोधपुछ तथा अनुसन्धानबाट प्रहरीले बिहिबार नै मृतकका भाई नारायण र भतिजा रुपनलाई पक्राउ गरेको प्रदेश हो ।
पक्राउ परेका भार्य र भतिजाले उनिहरुले घरयासी बिबादका कारण भैसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटमा कसी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुबैजनालाई कर्तब्य ज्यान मुद्धामा कानुनी कारबाही अगाडी बढाई घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्