१८ बैशाख २०८१, मंगलबार

विराटनगर ५ मा कांग्रेस वडा सभापतिमा प्रभाकर (गैँडे)को उम्मेदवारी

संवाददाता

नेपाली काग्रेस भित्र आन्तरिक चुनावको चहल पहल

विराटनगर । नेपाली कांग्रेसको महाधिबेशन नजिकिँदै गर्दा पार्टी भित्रबाट नेता कार्यकर्ताको उम्मेदवारीको होड नै चल्न थालेको छ। नेपाली काग्रेस भित्र आन्तरिक चुनावको चहलपहल बढेसँगै विराटनगर महानगरपालिका वडा नम्बर ५ मा पनि कसलाई अध्यक्ष बनाउने भन्ने दौडधुप देखिएको छ। विराटनगर ५ को सभापतिमा प्रभाकरमान सिंह कार्कि (गैडे)ले उम्मेदवारी घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारी घोषणासँगै विराटनगर –५ का वडामा कृयासिल सदस्यसँग परिचय तथा छलफल कार्यक्रम समेत गरेका छन् । नेपाली काग्रेसमा अब युवापुस्ता आउनु पर्ने बताउदै आएका उनले वडामा सबैलाई समेट्नका लागि आफुले उम्मेदवारी दिएको बताए ।
लोकतन्त्र, गणतन्त्र र सुशासनमा आफ्नो ध्यान रहेको बताएका उनले अबको वडा सभापतिमा आफुले नयाँ योजना र पार्टीको लागि केही असल काम गरेर देखाउने दाबी गरे । विराटनगर ५ मा करिब ५ सय ५० क्रियाशिल सदस्य छ्न ।

यहाँ कमेन्ट गर्नुहोस्