१९ बैशाख २०८१, बुधबार

विराटनगरको रथयात्रामा कोरोनाको प्रभाव

संवाददाता

विराटनगर १ तीनपैनीमा रहेको राधाकृष्ण मन्दिरबाट निकालिएको खटयात्रा

विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालीलेरथ यात्रा यो बर्ष खट यात्राको रुपमा निकालिएको छ। विराटनगर १ तीनपैनीमा रहेको राधाकृष्ण मन्दिरबाट मंगलबार परम्परागत खटयात्रा निकालेर नगर परिक्रमा गरिएको हो । कोरोनाको कारण भिडभाड हुने डरले गाडीमा खटयात्रा निकालिएको हो । हरेक वर्ष भब्य रथयात्रा प्रदर्शन हुने गरेकोमा भीडभाड नगरी खटयात्रा निकालेर परम्परालाई निरन्तरता दिइएको मुल आयोजक समितिले जनाएको छ।
विभिन्न झाँकीसहितका दर्जनौं गाडीहरु रथसँगै परिक्रमा गराइएको खटयात्रामा सीमित भक्तजन सहभागी थिए । प्रदेश १ का बिभिन्न जिल्ला मोरङ, सुनसरी तथा भारतको अररीया जिल्लाबाट रथयात्रामा सहभागी तथा अबलोकनका लागि आउने चलन छ। यस पटक कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर रथयात्रा आयोजक समितिले परम्परागत खटयात्रा मात्र गर्ने निर्णय गरेको थियो ।
बिक्रम सम्वत् १९८८ मा पहिलो पटक विराटनगरमा राधाकृष्ण मन्दिरबाट खटयात्राको प्रचलन सुरु भएको थियो । राधाकृष्णको मूर्ति खटमा राखेर नगरपरिक्रमा गराउने प्रचलन बिक्रम सम्बत २०२४ सालमा रथयात्रामा परिणत भएको थियो । त्यसयता निरन्तर रथयात्रा हुँदै आएको थियो । अघिल्लो वर्ष र यसपटक गरि दुई वर्ष रथयात्राको साटो खटयात्रा गरिएको छ । दक्षीण एशियाकै ठूला मध्येको रथयात्राको रुपमा मानिएको विराटनगरको राधाकृष्ण रथयात्रामा लाखौं भक्तजनहरु सहभागी हुने गरेका थिए । खटयात्राको रुपमा निकालिएकोले यो बर्ष भक्तजनको सहभागीता थिएन।
विराटनगरको रथयात्रालाई प्रदेश नम्बर १ को विषेश धार्मिक कार्यक्रमको रुपमा स्वीकार गर्दै प्रदेश सरकारले रथयात्राका दिन प्रदेश १ का झापा, मोरङ र सुनसरीका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्