१८ बैशाख २०८१, मंगलबार

वाईसीएलको बुढिगंगा ४ कमिटि गठन

संवाददाता

नेपाल कमयुनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संस्था वाइसीएललाई पुनर्गठन शुरु गरेको छ। वडा देखि जिल्लासम्म वाईसीएल पुनर्गठन शुरु भएको हो । त्यही क्रममा वाईसीएल बुढिगंगा गाउँपालिकामा वडा समिति पनि पठन शुरु भएको सो संगठनले जनाएको छ। वुढिगंगा गाउँपालिका वडा नम्बर ४ मा ईमरान मियाँको संयोजकत्वमा ३१ सदस्य वडा कमिटी गठन गरेको हो । सबै वडा तथा टोलसम्म अभियान संचालन गर्ने उदेश्यका साथ वडा समिति गठन गरिएको वाईसीएल बुढिगंगा गाउँ कमिटिका ईन्चार्ज खगेन्द्र आचार्यले बताए । वडा कमिटी गठन कार्यक्रममा राजेश राजबंशी, डिल्लीराम आचार्य, हस मुद्दिन, रोशन तिगेला लिम्बु लगायत सहभागी थिए ।

यहाँ कमेन्ट गर्नुहोस्