१८ पुष २०८२, शुक्रबार

​झापाको मेचीनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

Click Biratnagar

दुर्घटनाको सांकेतिक चस्विर

विराटनगर । ​झापाको मेचीनगर नगरपालिका-६ स्थित कालीखोला पुलमा बेलुका भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तरगत काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १-०१-०१३ प ५८८८ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको भारतीय मालवाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
​उक्त दुर्घटनामा परी मेचीनगर नगरपालिका-६ बस्ने ३३ वर्षीया लक्ष्मी साह गम्भीर घाइते भएकी थिइन् । घाइते साहलाई तत्काल उपचारका लागि आम्दा अस्पताल धुलाबारी पठाइएकोमा राति चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।
​ दुर्घटनामा संलग्न ट्रक र चालक भारत पञ्जाबको अमृतसर जिल्ला, भोलेबाबा बस्ने ३६ वर्षीय सन्दीप सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ठक्कर दिने ट्रक र चालक हाल इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्