१८ बैशाख २०८१, मंगलबार

रोटरी क्लव विराटनगर डाउनटाउनद्वारा मानवसेवा आश्रमलाई सहयोग

संवाददाता

विराटनगर । रोटरी क्लव विराटनगर डाउनटाउनले विराटनगरको तीनटोलियामा रहेको मावनसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । भोकाहरुलाई खुवाउनुपर्छ भन्ने उदेश्यका साथ क्वबले आश्रमलाई सहयोग गरेको क्लवकी अध्यक्ष सञ्जिता जैनले जानकारी दिईन ।
क्लवले ४ सय किलो चामल एक सय किलो दाल, ५ किलो घिउ, एक सय किलो चिउरा, ४० किलो भुजा र ५० किलो चिनी उपलब्ध गराएको हो । क्लवले अघिल्लो महिना पनि आश्रमलाई खाद्यान्न सहयोग गरेको थियो । आश्रममा ७८ जना महिलाहरु रहेका छन् । स्वदेशका नागरिकको सहयोगमा सञ्चालित आश्रममा आफुहरुले सहयोग गर्न पाउँदा खुसी लागेको क्लवकी अध्यक्ष जैनले बताईन ।

यहाँ कमेन्ट गर्नुहोस्