१८ बैशाख २०८१, मंगलबार

प्रेस संगठन मोरङको संयोजकमा आचार्य

संवाददाता

विराटनगर । प्रेस संगठन नेपाल मोरङको आइतबार सम्पन्न जिल्ला भेलाले अर्जुनकुमार आचार्यको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।
मोरङको पथरीमा सम्पन्न भेलाले समितिको सह–संयोजकमा नविन कर्ण र सरोज बस्नेतलाई चयन गरेको छ । सदस्यहरुमाज्योतीशर्मा, हरि अधिकारी, प्रेम देवान, जनक ढकाल, श्रीमन्त भट्टराई, बाबुराम मुडियारी, डम्बर सिन्चुरी, बबिता साम्पाङ, सन्दिप राई, रामकुमारी राई, सुजतालिम्बू, पवन साह, सनम रोक्का, राकेश कर्ण, गोपाल नेपाली, मौसम लिम्बू, सनम रोका, सुमन कुरुङ्बा, आशिकालम्साल, एलिनादियाली, शिवहाङ राई, क्रान्तिलिम्बू रहेका छन् । यस्तै विपुल सुवेदी, पुजनदाश, मिनु मोक्तान, बबितालिम्बू, सम्झना राई, सुरज ढंगाना, विनोद मेहता, स्मृतितिमल्सिना, राजकुमार मण्डल, सुरञ्जन लिम्बू र सुशिलसाह रहेका छन् । पछि एक जना थप गरिने संयोजक आचार्यले बताए ।
भेलामापूर्व मन्त्री राष्ट्रियसभा सदस्यगोपी आछामी, प्रदेश सांसदतथामाओवादी केन्द्र मोरङकासह–इन्चार्ज कूलप्रसादसाम्बा, संविधानसभा सदस्यलालबहादुर सुस्लीङ मगर, माओवादीमोरङकासंयोजक गणेश उपे्रती(शुसिल), प्रेस संगठनका केन्द्रीय सचिवतथापत्रकार महासंघ १ नम्बर प्रदेशकामहासचिवविवेक गौतम, संगठनको १ नम्बर प्रदेश संयोजक राजन केडी, केन्द्रीय सदस्यहरू भक्तशेर लिम्बू, गणेश लम्साल, प्रदेश कोषाध्यक्षमोहन भट्टराई लगायतको उपस्थिति थियो ।

यहाँ कमेन्ट गर्नुहोस्