१८ बैशाख २०८१, मंगलबार

प्रदेश १ मा तिहार अघिनै राईको नेतृत्वमा नयाँ सरकार बन्ने

संवाददाता

राजेन्द्र राई,दलको नेता, नेकपा (एकीकृत समाजवादी)प्रदेश १

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको राजीनामा सँगै तिहार अघि नै प्रतिपक्ष दलहरुले सरकार बनाउने भएका छन् । प्रदेश १ सभाको बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री आचार्यले जनताको माग हुँदा हुँदै पनि प्रदेश सभामा अंकगणित नमिलेको भन्दै सोमबार राजीनामा दिएका थिए । आचार्यको राजीनामा सँगै विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीमा चर्चा भएका नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र राईले तिहार अगावै सरकार सानो मन्त्री मण्डल सहितको प्रदेश सरकार बन्ने बताए । संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राईले राजिनामा पछि प्रदेश प्रमुखले आब्हान गर्नु हुने भएकोले त्यसैको आधारमा अघि बढ्ने उनले स्पष्ट पारे ।
‘ ५० जना सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुखकोमा दाबी प्रस्तुत गर्छौ, उनले भने, तिहार अघि नै सानो आकारको प्रदेश सरकार गठन हुन्छ ।’ नेकपा एमालेको नेतृत्वको सरकार ढलेसँगै अब बिपक्षी ५ दलले सरकार बनाउँदै छन् । प्रदेश १ मा नेकपा एसको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र संयुक्त लोकतान्त्रीक राष्ट्रिय मञ्चको संयुक्त सरकार बन्नेछ । नेपाली कांग्रेसले सरकारमा आधा आधा कार्यकाल मुख्यमन्त्री हुनु पर्ने दाबी प्रस्तुत गर्दै आएको भएपनि यो बिषय केन्द्रिय गठबन्न्धनबाट निर्णय भएर आउनु पर्ने र त्यसैको आधारमा अघि बढ्ने मुख्यमन्त्रीको दाबी गर्दै आएका राईले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्