१८ बैशाख २०८१, मंगलबार

हाम्रा हरेक गतिविधिमा मानव अधिकार लुकेको छ : मन्त्री यादव

संवाददाता

विराटनगर ।प्रदेश १ का सामाजिकविकास मन्त्री जयराम यादवले मानवअधिकार सुक्ष्म विषय भएको बताएका छन् । हामीले गर्ने व्यवहारमा मानवअधिकार जोडिएको बताए । ७३ औं अन्र्तराष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज विराटनगरमा मानवअधिकार सञ्जाल, इन्सेक, मानवअधिकार रक्षक परिषद् लगायतका संस्थाहरुद्धारा आयोजित कार्यक्रममा मन्त्री यादवले नागरिकका हरेक गतिबिधिमा मानव अधिकार लुकेको बताए । मानवअधिकार क्षेत्रको विकासकालागि आफ्नो साथ सहयोग निरन्तर रहने उनले बताए । मानवअधिकारको क्षेत्रमा लागेका संघ–संस्थालाई प्रदेश सरकारको तर्फबाट पूर्ण सहयोग हुने मन्त्रीयादवले बताए । प्रदेश १ लाई मानवअधिकार मैत्री बनाउन चाहेको बताएका यादवले कुनैपनि नागरिक पीडित हुनु नपरोस् भन्ने आफ्नो चाहना रहेको बताए । मन्त्री यादवले मधेश आन्दोलनमा मानवअधिकारकर्मीको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे । आन्दोलनको समयमा आफु सँधै मानवअधिकारकर्मीहरुसँग संवादमा रहने गरेको पनि स्मरण गरे । दिवसको अबसरमा लामो समय देखि मानवअधिकारको क्षेत्रमा लाग्दै आएका अधिकारकर्मी दिनेश श्रेष्ठ र सञ्जु साहलाई सम्मानित गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्