०८ बैशाख २०८१, शनिबार

नोवेल मेडिकल कलेज बिरुद्ध बिद्यार्थीको सडक केन्द्रीत आन्दोलन शुरु, विराटनगरमा चक्काजाम

संवाददाता

बिराटनगरका बिद्यार्थीहरुले संयुक्त आन्दोलन

विराटनगर । मेडिकल कलेजहरुले मनपरी रकम लिएको भन्दै बिराटनगरका बिद्यार्थीहरुले संयुक्त आन्दोलन शुरु गरेका छन् । बिगत केहीदिनदेखि निरन्नतर आन्दोलन गर्दै आएका नोबेल मेडिकल कलेजका बिद्यार्थीहरुले विराटनगरको कञ्चनवारीमा आधाघण्टा चक्काजाम गरेका छन् । संयुक्त बिद्यार्थी संगठनहरुले बिहान ११ बजेपछि चक्काजाम गरेका हुन् । नेपाली कांग्रेस सम्बद्ध बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघ, एमाले निकट अनेरास्वबियू, माओवादी निकट अनेरास्वबियु क्रान्तिकारी लगायतका आधा दर्जन बिद्यार्थी संघ संगठनको संमर्थनमा नोबेल मेडिकल कलेजका बिद्यार्थीहरुले चक्काजाम गरेका हुन् । सडकमै बसेर उनीहरुले मनपरी रकम लिईएको भन्दै सडक अबरुद्ध गरेका थिए ।
नोबेल मेडिकल कलेजले एमबीबीएस र बीडीएसमा चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा अरिरिक्त शीर्षकमा शुल्क लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन गर्दै आएका छन् । उनीहरुले विराटनगरको नोबेल मेडिकल कलेज प्रशासनको कार्यालयमा तालाबन्दी गरेका थिए ।
सडकमा उपस्थिती जनाएका बिद्यार्थी संघ संगठनले भने मेडिकल कलेजहरुले ब्रम्हलुट मच्चाएको आरोप लगाएका छन् । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नलिन बिद्यार्थीहरुको माग छ ।
नोबेल मेडिकल कलेजले विश्वविद्यालय सम्बन्धन शुल्क, विश्वविद्यालय रजिष्ट्रेसन शुल्क, विश्वविद्यालय परिक्षा शुल्क, अनिवार्य होस्टल शुल्क जस्ता विभिन्न शिर्षकका नाममा अतिरिक्त शुल्क नतिरेको भन्दै बिद्यार्थीलाई कलेजबाट निकालेपछि बिद्यार्थीहरु आन्दोलित भएका हाुन् । बिभिन्न्न सरकारी निकाय गुहार्दै आएका बिद्यार्थीहरुको आन्दोलनका कारण अज कन्चनबारी क्षेत्रको ट्राफिक ब्यवस्थापन अस्तब्यस्त बनेको थियो ।
यस अघि जिल्ला प्रशासन कार्यालय मोरङमा नोबेल मेडिकल कलेज प्रशाससन र बिद्यार्थी संगठनहरु बिच दुई बुँदे सहमती भएको थियो । बुधबार विद्यार्थी संगठनका प्रतिनिधिसहित मेडिकल कलेज प्रशासन र जिल्ला प्रशासन कार्यालयबीच भएको दुई बुँदे सहमतिको पहिलो बुँदामा आयोगले तोकेको भन्दाबढी कुनै पनि प्रकारको शुल्क लिन नपाउने सहमति भएको थियो ।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, आन्दोलनरत विद्यार्थीका प्रतिनिधि, विद्यार्थी संघसंगठनका प्रतिनिधि र नोबेल मेडिकल कलेजका इन्टरनेशलन डाइरेक्टर निरञ्जन कुमार र प्राचार्य प्राडा रामहरि घिमिरेले हस्ताक्षर गरेर बिद्यार्थीको माग सम्बोधन गर्ने सहमती भएको थियो ।
नोबेलका प्रतिनिधिहरुले चालु शैक्षिक सत्रमा एमबीबीएस अध्ययन गर्न छनोट भएका सम्पूर्ण विद्यार्थीहरुलाई अध्यापन नगराई २५–२६ जनालाई मात्रै अध्यापन गराएको र अधिकांश विद्यार्थी पठनपाठनबाट बञ्चित गराएको देखिएकोले पुस २५ गतेबाट सम्पूर्ण विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाउने गरि सहमती भएको थियो ।

 

यहाँ कमेन्ट गर्नुहोस्