०७ बैशाख २०८१, शुक्रबार

सभाामुखको फागु पुर्णिमाको शुभकामना ‘सबै खाले स्वार्थ भन्दा माथी उठेर साझा सहमती खोजौँ’

संवाददाता

विराटनगर । प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले नेपालीहरू बीच आपसी सद्भाव¸ सहिष्णुता¸ आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन फागु पुर्णिमाले योगदान पु¥याउने विश्वास ब्यक्त गरेका छन् । फागु पुर्णिमाको अबसरमा शुभकामना सन्देश दिँदै प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले आपसी राग, द्धेष, मनोमालिन्य समाप्त गरेर एकताको सुत्रमा जोड्ने सामाजिक पर्व फागुपूर्णिमा अर्थात होली भएकोले यसले सबैलाई एकताको सुत्रमा बाँध्ने उल्लेख गरेका छन् । असत्य माथी सत्य, हिंसा माथी सद्भाव, घृणा माथी प्रेम, क्रुरता माथी शालिनताको विजयोत्सवको रुपमा मनाईने रङ्गहरुको पर्व फागुपुर्णिमा हिमाल पहाड तराइँलाई एकताको सुत्रमा बाँध्ने पर्ब भएको बताएका छन् । शुभकामना सन्देशमा उनले आपसी भातृत्व, सद्भाव र सहिष्णुता कायम गर्ने पर्वको रुपमा स्थापित फागुपूर्णिमाले विविध संस्कृतिहरूको इन्द्रेणीको रूपमा रहेको उल्लेख गरेका छन् ।
शुद्धता, पवित्रता, सौभाग्य, शक्ति तथा प्रेमको प्रतिक रातो रङ्ग, भक्ती, धर्मको प्रतिक पहेलो रङ्ग, प्राण, जीवनशक्ति तथा मार्मिकताको प्रतिक हरियो रङ्ग अनि धर्म युद्ध, कत्र्तव्य तथा जिम्मेवारीबोधको प्रतिक निलो रङ्गहरुको प्रयोग गरेर शरद ऋतुलाई विदाई गर्दै वसन्त ऋतुको आगमन सँगै मनाईने होलीले हाम्रो जीवनमा खुशीको रङ्ग छर्न सफल रहोस, सभामुख भण्डारीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ।
क्षमा गरौं हाँसौं हसाऔं प्रेमपूर्वक जीवन बिताऔं भन्ने सन्देश दिने सबै नेपालीको साझा पर्वको रुपमा विकसित रङ्गहरूको पर्व फागुपूर्णिमाले सबैलाई एकता, भाईचारा, सहिष्णुता र सद्भाव कायम गर्दै मुलुकको विकास समृद्धिका निमित्त सबै खाले स्वार्थ भन्दा माथी उठेर साझा सहमती तथा एकता साथ अगाडी बढ्ने प्रेरणा मिल्ने विस्वास सहित शुभकामना दिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्