११ बैशाख २०८१, मंगलबार

करेन्ट लागेर दुईजनाको मृत्यु

संवाददाता

विराटनगर । खोटाङ र मोरङको छुट्टा छुट्टै दुई स्थानमा करेन्टलागि दुई जनाको मृत्यु भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ खोटाङका ३६ बर्षीय भिम बहादुर बि.क.लाई स्थानिय रुपेश बजिमय र अर्जुन के.सी.को घरमा काठको काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागी घाईते भएका थिए । घाईते बि.क.को जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोरङको केराबारी गाउँपालिका–८ महादेव क्रसरका कामदा २३ बर्षीय टंक लिम्वुलाई क्रसरमा रहेको इनारबाट मोटरले पानी तान्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ। घाईते भएका लिम्बुको उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा अस्पताल पु¥याउनासाथ लिम्वुको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्