०७ बैशाख २०८१, शुक्रबार

विराटनगर बिमानस्थलमा विमान दुर्घटनाको उद्दार अभ्यास

संवाददाता

विराटनगर । विराटनगर बिमानस्थलमा आईतबार बिहान करिब ८ बजेतिर एकाएक आगोको मुस्लो देखियो । क्षणभरमै नजिकै रहेका दमकल, एम्बुलेन्सहरु साईरन बजाउँदै दोडन थाले । त्यसको केही बेरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पनि दौडधुपमा थिए । स्वास्थ्यकर्मी पनि त्यसैगरि दौडि रहेका थिए । बिमानस्थलको आगोको मुस्लो नजिकैबाट केही बिरामी जस्ता देखिने ब्यक्तिहरुलाई त्यहाँबाट बाहिर ल्याउने काम हुँदै थियो । लाग्थ्यो बिमानस्थल भित्र दुर्घटना भएर घाईहरुको उद्दार हुँदै छ। नजिकै ल्याईएका उनीहरुलाई एम्बुलेन्समा हालिन्थ्यो र अस्पताल तर्फ पठाएको देखिन्थ्यो । यो क्रम झण्डै एक घण्टासम्म चल्यो ।
विमानस्थल भित्रको यो दृश्य बाहिरबाट हेर्नेको लागि निकै अनौठो थियो, बाहिरबाट हेर्दै गरेकाहरु झस्किन्थे । बाहिरबाट झट्ट हेर्दा लाग्थ्यो बिमानस्थल भित्र कुनै घटना या दुर्घटना भएको छ।
यो कुनै घटना या कुनै दुर्घटना नभई बिराटनगर बिमानस्थल भित्र कुनै दुर्घटना भईहालmेको अबस्थामा गरिनु पर्ने उद्दारको बारेमा अभ्यास गरिएको थियो । आईतबार बिहान नागरिक उड्डयेन प्राधिकरण सहित सुरक्षा निकायले विमानस्थल भित्र हुने दुर्घटनालाई क्षति हुन नदिनको लागि अन्तिराष्ट्रिय मापदण्ड अनुसार उद्दार अभ्यास गरेको हो । अभ्यासको क्रममा आधार दर्जन बढी एम्बुलेन्स, दमकल, ठुलो संख्यामा सुरक्षाकर्मी, एयरलाईन्स कम्पनीका कर्मचारीहरु सहितको टोलीले अभ्यास गरेको हो ।

आईकाओको मापदण्ड अनुसार हरेक दुई बर्षमा यस्ता अभ्यास हुने गरेको बिराटनगर बिमानस्थलल प्रशासनले जनाएको छ। बिराटनगर बिमानस्थलका प्रमुख उत्सव खरेलका अनुसार, बार्षिक नयाँ रणनीति सहितको समिक्षा र छलफल गर्ने गरिएको छ भने हरेक दुई बर्षमा बिमानस्थल भित्रै कुनै जहाज दुर्घटना भईहालेको अबस्थामा गर्र्नु पर्ने सम्पुर्ण साबधानीहरु सहितको अभ्यास गर्ने गरिएको छ । अन्तराष्ट्रिय मापदण्ड अनुसारको यो अभ्यास भएकोले यसलाई बास्तबिकतासँग जोडेर अभ्यास हुने गरेको उनले सुनाए ।
मोरङका प्रमुख जिल्ला अधिकारी काँशिराज दाहालले बिमानस्थल अत्यन्त संबेदनशिल क्षेत्र रहेकोले यदी कुनै बिमान दुर्घटना भईहालेको अबस्थामा त्यसलाई कसरी सबैको समन्वयमा तत्काल उद्दार र उपचार गर्नेसँग सम्बन्धित भएर सबैको समन्वयमा काम गर्ने भन्नेमा यो अभ्यासले भुमिका खेलेको बताए । सबैको समन्वय र सहकार्य निरन्तर हुनु पर्नेमा जोड दिएका प्रजिअ दाहालले बाहिरबाट देख्दा के भएको रहेछ भन्ने जस्तो देखिएपनि यो बिमानस्थलको आफ्नो आन्तरिक कार्य अन्तरगत रहेको सुनाए ।
अभ्यासको क्रममा देखिएका त्रुटीलाई सच्याएर आन्तरिक रणनीति बनाउने तयारी नागरिक उड्डयन प्राधिकरणको हुने सुचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । दुर्घटना हुँदादेखि उद्दार र उपचारसम्मका अभ्यासलाई बास्तबिकतासँग जोडेर अभ्यास भएको उनले जानकारी दिए । बिमानस्थलमा बारुणयन्त्रको भुमिका, एम्बुलेन्स, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, नागरिक उड्डयन प्राधिकरण, निजी बिमान कम्पनीहरु, पत्रकार लगायतको कुन कुन ठाउँमा कस्तो भुमिका हुने भन्ने समेत अभ्यासको क्रममा देखाईएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्