१५ बैशाख २०८१, शनिबार

झोराहाटमा वृहत कविता प्रतियोगिता हुने

संवाददाता

विराटनगर । कोशी सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आगामी जेठ २८ र २९ गते खुल्ला कविता प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । देशका कुनैपनि स्थानबाट प्रतियोगितामा जेठ २४ गतेसम्ममा कविता पठाउन आयोजकले आव्हान गरेको थियो । उक्त आव्हान अनुसार ५१ जनाले कविता प्रतियोगिताकालागि आवेदन दिएको कार्यक्रम संयोजक भरत गुरागाईं बर्बरिकले जानकारी दिए । प्रतियोगितामा सबैले सहभागी हुन पाउने उनको भनाइ छ ।
मोरङ ग्रामथानको झोराहाट नाटक घरमा हुने प्रतियोगिताका प्रथमलाई १२ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई ७ हजार र सान्त्वना पुरस्कार दुई जनालाई जनही २ हजार ५ सय रुपैयाँका दरले प्रमाणपत्रसहित उपलब्ध गराइने आयोजकको भनाइ छ ।

यहाँ कमेन्ट गर्नुहोस्