१३ बैशाख २०८१, बिहिबार

प्रदेश १ सरकारको बजेट ३९ अर्ब ७३ करोड, प्रदेशको स्वास्थ्य बजेट ३ अर्ब ६७ करोड

संवाददाता

विराटनगर । प्रदेश १ सरकारकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३९ अर्ब ७३ करोड, ८३ लाखको बजेट प्रदेश सभामा पेस गरेको छ ।आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक २०७९/८० को लागि लागि स्थानीय तहमा हस्तान्तरण ३ अर्ब १५ करोड १५ लाख रहेको जानकारी दिए । संघीय सरकारको अनुदान बचत फिर्ता २ अर्ब रहेको उनले प्रदेश सभालाई जानकारी गराए ।

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च बेहोर्ने श्रोत मध्ये प्रदेश सरकारको आन्तरिक राजश्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजश्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख रहेको मन्त्री आङ्बोले जानकारी दिए । समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख गरी राजश्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च बेहोर्ने जनाइएको छ । बाँकी रकम नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख तथा वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख विनियोजन गरिएको छ ।

प्रत्येक जिल्लाका एउटा उत्कृष्ट विद्यालयलाई १० लाख पुरस्कार दिने
विराटनगर । प्रदेश सरकारले बिद्यालय शिक्षाको गुणस्तर सुधारको लागि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको लागि ९ करोड ६५ लाख बिनियोजन गरेको छ। सामुदायिक बिद्यालय प्रोत्साहन गर्न प्रत्येक जिल्लाबाट एक एक वटा विद्यालय छनौट गरि प्रति बिद्याय १० लाखका दरले पुरस्कृत तथा प्रोत्साहन गर्न सरकारले बजेट बिनियोजना गरेको छ। यस्तो पुरस्कार नतिजा र उत्कृष्ट ब्यवस्थापनालाई आधार मानेर दिईने भनिएको छ। प्रत्यक जिल्लामा बिज्ञान प्रयोगशालाको लागि २ करोड ११ लाख दिने बजेटले भनेको छ। जसलाई सरकारले विज्ञान शिक्षक अनुदान र प्रयोगशालाको लागि भनेर बजेटमा बोलिएको छ। आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङले प्रस्तुत गरेको बजेटले आगामी आर्थिक बर्ष प्रदेशलाई पुर्ण साक्षर बनाईने भनेको छ।
प्राविधिक शिक्षामा लगानी, समृद्ध प्रदेशको बिहानी भन्ने नाराका साथ प्राबिधिक तथा व्यवसायिक शिक्षा र तालिम प्रदान गर्ने शिक्षालय र विद्यालयहरुको भौतिक तथा ब्यवस्थापकीय क्षमता अभिवृद्धि गरी प्रयोगात्मक र व्यवहारिक सिकाई सुनिीश्चतताका लागि ४ करोड ६५ लाख बजेट बिनियोजन गरेको छ। बेरोजगारीलाई रोजगारको अबसर प्रदान गर्न बजेट छुट्याईएको भनिएको छ।
मनमोहन प्राबिधिक विश्वबिद्यालयलाई प्रदेशको गौरवको शैक्षिक संस्थाको रुपमा विकास गर्न ईन्जिनियरिङ र स्वास्थ्य बिषयको स्नातक तहको अध्ययन प्रभावकारी बनाउन १७ करोड विनियोजन भएको छ । प्रादेशिक चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान स्थापना गर्न सम्भाब्यता अध्ययन गर्ने भनिएको छ।
सामुदायिक क्याम्पस सुदृढीकरण गर्नको लागि पूँजिगत तथा संचालन अनुदानका लागि १० करोड ४५ लाख बिनियोजन गरेको छ। स्थानीय तहसँगको साझेदारीमा संचालित हुने प्रदेश स्तरिय नमुना बिद्यालय, बाल मैत्री आधारभुत विद्यालयविका, ब्यवस्थापन र संचालन गर्ने कार्यका लागि ९ करोड ४५ लाख बिनियोजना गरिएको बजेट बक्तब्यमा भनिएको छ।
प्रदेश १ को खेलकुद पूर्वाधार विकास, खेलकुद गतिबिधि, खेलाडीको क्षमता विकास गर्न १५ करोड विनियोजन गरिएको छ भने ईटहरी रंगशालामा फ्लड लाईट जडान गरिने भनिएको छ।

प्रदेशको स्वास्थ्य बजेट ३ अर्ब ६७ करोड
विराटनगर । प्रदेश १ सरकारले सरकारले स्वास्थ्य सेवाको लागि ३ अर्ब ६७ करोड ७७ लाख बजेट बिनियोजन गरेको छ। आगामी आर्थिक बर्ष २०७९।०८० को बजेट बक्तब्यमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले स्वास्थ्य क्षेत्रको सुदृढीकरढणको बजेट बिनियोजन गरेका हुन् ।
आगामी आर्थिक बर्षमा दमकमा प्रदेश स्तरीय बाल अस्पताल स्थापना गर्न भन्दै एक नीजी अस्पताललाई ३ करोड दिने बजेट प्रदेश सरकारले लिएको छ । दमकमा बाल अस्पताल स्थापना गर्न काठमाडौँको ईन्ष्टीच्युट अफ चाईल्ड हेल्थ केयरलाई ३ करोड पुँजिगत अनुदान दिने सरकारको बजेट वक्तब्यमा भनिएको छ ।
मदनभण्डारी ट्रमा सेन्टरको स्तरोन्नती, पाँचथर, ईलाम, उदयपुर रधनकुटा जिल्ला अस्पतालको स्तरोन्नती तथा नागरिकको स्वास्थ्य क्षेत्रको सहज पहुँचका लागि २५ करोड ५० लाख बिनियोजन गरिएको छ।
प्रदेश सरकारको माताहतका अस्पतालको गुणस्तरिय सेवा प्रवाह गर्न र स्वास्थ्यकर्मीको ब्यवस्थापन गर्न १४ करोड बजेट बिनियोजन गरेको छ । बिशेषज्ञ सेवा भत्तालाई निरन्तरता दिईएको सरकारले मेची अस्पताल सुदृढीकरणको लागि १८ करोड बिनियोजना गरिएको जनाएको छ ।
कमल गाउँपालिकाको लखनपुरमा ५० बेडको प्रदेश स्तरीय आयुर्बेद अस्पताल संचालन गर्न २ करोड ५६ लाख , प्रदेश ल्याबको लागि ५ करोड ६१ लाख बिनियोजन गरेको छ । सुत्केरी महिला पोषण कार्यक्रमको लागि ५ करोड, गर्भवती महिलालाई प्रदेश १ मा पहिलो पटक निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने सरकारको बजेटमा उल्लेख छ । एक वडा एक बर्थिङ सेवाको लागि ४ करोड, स्थानीय तहका स्वास्थ्य संस्थाको सबलीकरणको लागि ३ करोड बिनियोजना गरिएको सरकारले जनाएको छ ।
बिद्यालय नर्सिङ कार्यक्रमको लागि ७ करोड ७४ लाख बजेटमा उल्लेख गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्