१५ बैशाख २०८१, शनिबार

प्रदेश १ सभाको बजेट अधिबेशन अन्त्य

Click Biratnagar

प्रदेश सभामा सांसद

विराटनगर। प्रदेश सभामा सांसदको उपस्थिती पातलिएपछि सरकारले प्रदेश सभाको बर्खे तथा बजेट अधिबेशन अन्त्य गर्ने निर्णय गरेको छ। आज दिउँसो बसको मन्त्री परिषदको बैठकले प्रदेश सभाको आठौं तथा बजेट अधिवेशन साउन ३२ गते राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो । प्रदेश सभामा मानीय सांस्दहरुको उपस्थिती नै कमजोर भएपछि सरकारले अधिबेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले जानकारी दिए ।
‘प्रदेश सभामा उपस्थिती कमजोर छ, मन्त्री कार्कीलले भने, महत्वपुर्ण बिधेयकमा पनि दुई जना भन्दा बढी बोल्ने नभएपछि सदन चलाउनुको अर्थ नदेखिएकोले अहिलेलाई अधिबेशन अन्त्य भएको हो ।’ सदन अन्त्य हुनुलाई दलहरुको ब्यस्ततालाई पनि लिईएको छ। राजनीति दलहरु आ–आफ्नै अधिबेशन तथा सम्मेलनमा लागेकोले सदनमा सरगर्मी चल्न छाडेको कारण अधिबेशनलाई अन्न्त्य गर्नु परेको सरकारको कथन छ ।
चालु अधिबेशनमा नै प्रदेशको नाम ल्याउने भनेर घोषणा गरेको प्रदेश सरकारले यो अधिबेशनमा पनि नामाकरणको बिषय प्रबेश नगराउँदै अधिबेशनको अन्त्य गरेको छ । ‘हामीले यसै अधिबेशनमा नाम ल्याउने भनेका थियौँ, मन्त्री कार्कीले भने, यदी नामको बिषयमा छलफल गर्नु पर्छ बिचमा १० दिन अधिबेशन बोलाएर सदन चलाउन सकिन्छ, खासै फरक पर्दैन ।’

यहाँ कमेन्ट गर्नुहोस्