०१ जेठ २०८१, मंगलबार

डाँगीहाटको आरजुब राईस मिलले किसानको २५ हजार मेट्रिकटन धान किन्ने

संवाददाता

विराटनगर । मोरङको रंगेली नगपालिकाका किसान दिल बहादुर थापा लामो समयदेखि धानको समर्थन मुल्य नपाउँदा हैरान थिए । बर्षे धान होस् या चैते धान नै किन नहोस् बिचौलिका कारण समर्थन मुल्य नपाएकै कारण हरेक बर्ष समस्या झेल्दै आए ।
किसानको लागि कहाँबाट फाईदा होला भन्ने उनलाई सँधै लागि रह्यो । उनले बेलवारी नगरपालिका वडा नम्बर ९ मा आरजु राईस मिलले किसानसँग आयोजना गरेको अन्तरक्रियाको क्रममा राम्रो समर्थन मुल्य दिने कोही नभेटिदा किसानले हरेक बर्ष न्युन मुल्यमा धान बेच्नु परेको गुनासो सुनाए । कानेपोखरीका किसान गोपाल बहादुर दाहाल किसानको लागि फाईदा पुग्ने खालका कुनै पनि कार्यक्रमहरु नआउँदा किसानहरु अन्यौलमा हुने गरेको बताए । धान उत्पादक किसानले समर्थन मुल्य नपाउँदा हरेक बर्ष समस्या झेल्दै आएको बताए ।
बेलवारीकै अर्र्का किसान राजकुमार बरालले यो बर्षको धानको समर्थन मुल्य ९ सय हुनेमा आशावादी रहेको बताए । ‘यो बर्ष हामीलाई मिलले समर्थन मुल्य ९ सय प्रति मन कायम गर्ला भन्ने लागेको थियो, राजकुमारले भने, हामीले सोचे अनुसारको समर्थन मुल्य कायम भएको छ, मिलले किसानलाई राहत मिलेको छ।’ किसानको समस्याको बारेमा सुनेर बसेका आरजुृ मिलका कार्यकारी अध्यक्ष तथा सरकारी अधिकारीहरु किसानको समस्या समाधान गरेर जान तयार रहेको बताउँछन् । कानेपोखरी, बेलवारी, धनपालथान तथा रंगेलीका करिब एक सय बढी किसानका बिचमा उत्पादन बृद्धिको लागि सबै एक भएर लाग्नु पर्नेमा बताउँछन् ।
प्रदेश कृषि मन्त्रालयका सचिवव मेघनाथ तिमल्सेनाले उपभोक्ताले महँगोमा चामल किनेर खानु पर्ने , किसानले न्युन मुल्य पाउने समस्या लामो समयदेखि भएको बताए । प्रदेश कृषि मन्त्रालयले संघीय सरकारसँग मिलेर आरजु राईस मिल मार्फत किसानसँग जानको लागि मिललाई आबश्यक पर्ने धानको जातको बिउ उत्पादन प्रवद्र्धन गर्न उत्पादनकोलागि आबश्यक पर्ने मेसिनरीहरु प्रदेशमा आबश्यक पर्ने अनुदान ऐन नियमावली अनुसार गर्न तयार रहेको बताए । ‘यहाँ बसेर पनि बिदेशको जतिकै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हामी दिन तयार छौँ, उनले भने। सरकार किसानको लागि संरक्षण गर्न र युवालाई राम्रो आम्दानी गर्ने वातावरण बनाउन तयार छ ।’
आरजुले तोक्यो समर्थन मुल्य ९ सय
आरजु राईस मिलले किसान, प्राविधिक, संघीय, प्रदेश र स्थानीय पदाधिकारीको उपस्थितिमा चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। प्रति मन रु.९०० तोकेको हो । धानमा ‘नमी’को मात्रा २५ प्रतिशत हुनुपर्ने भनिएको छ । धान मिलमा ल्याइएको दुई दिनभित्रै बैंकिङ प्रणालीबाट किसानको बैंक खातामा रकम जम्मा हुने सुनिश्चितता गरिएको आरजु मिलका संचालक बिरेन्द्रबहादुर बस्नेतले बताए । आरजु मिलले किसानबाट खरिद गरेको धानको मुल्य बैँक मार्फत खातामा पठाउँदा किसानहरुको बैंकमा ‘क्रेडिट रेटिङ’ पनि बढ्ने जनाईएको छ। किसानलाई खेतीपातीका लागि चाहिने चालुपुँजीको जोहो पनि सजिलो हुनेछ बस्नेत बताउँछन् । ‘किसानसँग मिलेर समन्वय गरेर मिल चलाउँदा कघाटा जाँदैन भन्ने नै हो, उनले भने, यसबाट किसानलाई पनि फाईदा पुग्ने छ, हामी सिधै किसानसँग धान गरिद गर्ने छौँ ।’
नेपाली किसान बाहेक कहिंकतैबाट धान नभित्र्याउने बताएका आरजु राईस मिलका कार्यकारी अध्यक्ष बस्नेतले किसानसँग सिधै खरिद गर्ने अन्यथा भारतबाट धान आयात गर्ने काम आफुले नगर्ने बताए । ‘अर्बौ खर्बौको खाद्यान्न आयातलाई अब हामी सबै मिलेर निरुत्साहित गर्नुपर्छ उनले भने, खाद्यान्न आयातका नकारात्मक परिणाम थुप्रै रहेका छन्, विदेशी मुद्रा रित्तिनु, रोजगारमा कमीका साथै किसानका उत्पादनले सम्मानजनक मूल्य नपाउनु पनि हो ।’ आरजु राईसमिलले १५ टन धान सुकाउने ४ टन प्रतिघण्टा कुटाउने क्षमता राखेको छ । बर्षमा २५ हजार टन धान कुटाउने क्षमता यो मिलले राख्ने कार्यकारी अध्यक्ष बस्नेतले जानकारी दिए । बजारको मागको आधारमा किसानले धान खेती गर्नु पर्ने बताएका उनले रामधान अहिलेको उपयुक्त धान भएकोले यसको लागि किसानलाई मिलको तर्फबाट पनि सहयोग हुने बताए । मिलले किसान र प्रदेश कृषि मन्त्रालयका बिचको हातेमालोले किसान, मिल र सरकारी निकायका बिचमा नयाँ मोडेलको रुपमा अघि बढ्न सकिने बताईएको छ । धानको समर्थन मुल्य ९ सय कायम गरेको र अब किसानले मिलको लागि २५ हजार टन धान मिललाई पुरा गर्न आग्रह गरिएको छ। मिललाई पुर्ण सञ्चालनको लागि ४ हजार बिगाहा जमिन र २२ हजार मेट्रिकटन धान चाहिएको बस्नेतले बताए ।
खेतीपातीको ४२ प्रतिशत धान खेतीले ओगटेको छ । यसमा पनि धेरैजसो वर्षे धान छ । धानको खेती दुई चोटी भएमा किसानले थप आम्दानी र खाद्य सुरक्षामा पनि प्रभावकारी खेल्नेछन् । अहिले धेरैजसो किसानले मोटो चामलको उत्पादन र उपभोक्ताले मसिनो र लङ ग्रेन चामल खानामा प्रयोग हुँदा बेमेल देखिएको धान विज्ञ डा राजेन्द्र उप्रेतीले बताए । आरजु राईस मिलले किसानहरुलाई उपभोक्ताको रोजाई अनुसार धानबाली लगाउन आग्रह गरेको छ । आरजु राईस मिल गाउँघरमै स्थापित र अबको केही सातामै सञ्चालन आउन लागेको छ । यसले स्थानीय स्तरमा रोजगारी वृद्धि र किसानका धानले उचित मूल्य पाउने सुनिश्चित गरेको उप्रेतीले बताए ।
उप्रेतीले धानमा परिवर्तनको शुरुवात मोरङबाट गर्न सकिन्छ भन्ने आफुलाई लागेको बताए । १२ जातका धान अहिले पनि १२० दिनमा नै उत्पादन हुने खालको रहेकोले मसिना धान छोटो समयमा उत्पादन गर्न उनले किसानलाई आग्रह गरे ।
कृषि केयरका निर्देशक डा. रामचन्द्र खनालले किसान र सहकारीसँग मिलेर काम गर्दै आएको भएपनि किसान र मिल बिचको सहभागीता नहुँदासम्म किसानले धानको मुल्य नपाउने देखेर मिलको अबधारणा आएको बताए । मिलले मुल्य श्रृङ्खलासँग किसानलाई जोड्र लग्ने काम गरेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्