०८ बैशाख २०८१, शनिबार

विराटनगरका व्यवसायीद्वारा बैँक ब्याजरको चर्को विरोध

संवाददाता

विराटनगर । बैँकको चरम ब्याजदरको विरुद्ध विराटनगरका उद्योगी ब्यवसायीले आन्दोलन गर्ने चेतावनी दिएका छन् । बैँकको चर्को ब्याजदरका कारर्ण उद्योग ब्यवासाय बन्द गर्नु पर्ने अबस्था आएको भन्दै उनीहरुले आन्दोलन गर्ने चेनावनी दिएका हुन् । उद्योग संगठन मोरङ, मोरङ ब्यापार संघ र उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा गरेको बृहद छलफलको क्रममा सहभागी उद्योगी ब्यवसायीसँग संवद्ध संघ संस्था तथा ब्यापारीले आन्दोलनमा जान सुझाव दिँदै तत्कालै आन्दोलन नगर्ने हो भने भोली ठुलो समस्या आउने बताएका हुन् ।
मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले बैँकको ब्याजदर एक्कासी बढाईएको छ, यसले गर्दा ब्यवसायी भाग्नु पर्ने अबस्था आएको बताए । ‘सरकारको हेरफेरसँग ब्यवसायीको मागलाई पर्खेर बस्ने हो भने ३०–३५ दिनमा ठुलो समस्या आईसकेको हुनेछ, अध्यक्ष रिजालले भने, ब्यवसायी ठुलो मारमा परिसकेका छन्, सरकार बनाउने मामिलासँग हामीलाई मतलव छैन ।’ नेपाल राष्ट्रबैँकले तत्काल समस्या समाधानको लागि काम गर्न सक्ने उनको ठम्याई छ ।
उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भिम घिमिरेले अहिलेको अबस्थामा उद्योगी ब्यवसायीको समस्या भनेको बैँकको चर्को ब्याजदर भएकोले अब आन्दोलनमा गएर निकास निकाल्नुको बिकल्प नहुने बताए । ‘हामी सबै मिलेर आन्दोलन गरेर जानुको बिकल्प छैन, उनले भने, आन्दोलन कसरी गर्ने भन्ने बारेमा हामी फेर छलफल गरेरर जानुपर्छ ।’
उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाले हिजो ७ प्रतिशतको हाराहारीमा रहेको बैँकको ब्याजदर अहिल बढाएर १५ प्रतिशत पु¥याएको आपत्ती जनाए । उनले कमिशत तथा बिभिन्न दरहरुलाई पनि महँगो पारेको बताए । ‘तरलताको अभावले गर्दा अहिले बैँकमा पैसा छैन भनिएको छ, अहिले बैँकले पैसा नदिको छैन, तत्काल आबश्यक पर्यो भने कहाँबाट पैसा निकाल्ने भन्ने समस्या छ यस्तो अबस्थामा राष्ट्रबैँक जिम्मेवार हुनु पर्दैन ?’ ब्यवसायीहरु अनिल सारडा, विकास लालवानीले व्यवसायीले आत्महत्या गर्नु पर्ने अबस्था आईसकेको अबस्थामा अब चुप लागेर बस्नु नहुने बताए । ‘यस्तै अबस्था रह्यो भने अब केही दिनमा ब्यवसायीहरुले आत्महत्या गरेको खबर आउँदै छ, उनीहरुले भने, तत्काल समस्याको निकास दिन सरकारलाई दवाव दिनै पर्छ ।’
बैँक सञ्चालक नै उद्योगी तथा ब्यवसायी हुँदा समस्याको समाधान हुनु पर्नेमा झन जटिलता सिर्जना गरेको आरोप ब्यवसायीको छ। ब्यवसायी ओम शर्माले बैँक सञ्जालक नै उद्योगी भएकोले उसले चाहेको अबस्थामा बैँकको ब्याजदर घट्न सक्ने बताए । बजारमा नोटको अभाव रहेको बताउँदै उनले हजार र पाँच सय नोट बजारमा एकदमै कम रहेको सुनाए । आन्दोलन कसरी गर्ने भन्ने बारेमा भएको छलफलमा घरेलु तथा साना उद्योग महासंघ, यातायात ब्यवसायी महासंघ, सुनचाँदी ब्यवसायी महासंघ, निर्माण ब्यवसायी महासंघ, एलपी ग्याँस बिक्रेता महासंघ, अटो मोवाईल एशोसिएसन लगायतले अत्याधिक बढेको बैँक ब्याजजदर विरुद्ध आन्दोलनमा जान आग्रह गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्