१५ बैशाख २०८१, शनिबार

विराटनगरमाको जागरूकको साधारण सभा, ५८ लाख ९१ हजार मुनाफा

Click Biratnagar

विराटनगर । विराटनगरमा रहेको जागरूक बचत तथा ऋण सहकारी संस्थाले १६ औ साधारण सभा सम्पन्न गरेको छ। विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सहकारीले २ करोड ९३ लाख ६१ हजार ३४४ रुपैयाँ  बचत तथा निक्षेप सङ्कलन गरेको जानकारी दिइएको  हो ।  चालु आर्थिक वर्षमा ३ करोड ७२ लाख ७५ हजार पुर्‍याउने लक्ष्य रहेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ।  सहकारीको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका  सचिव उमेश गुरुङले कोषमा २०७८-०७९ मा ३१ लाख ८२ हजार ४०९ रुपैयाँ र ०७९-०८० मा ३३ लाख ८५ हजार ६२३ रुपैयाँ रहेको जानकारी दिए । संस्थामा ४१७ जना महिला र ३३९ पुरुष सहित ७५६ जना सदस्य रहेकोमा सेयर पुँजी ३४ लाख ९२ हजार रहेको गुरुङले जानकारी दिए ।
यस संस्थाले अनिवार्य मासिक बचत, ऐच्छिक बचत, आवधिक बचत, बाल बचत र दैनिक बचतहरू मार्फत बचत सङ्कलन गर्दै आएको छ। सहकारीको बाह्य ऋण ९९ लाख १० हजार ७२२ रुपैयाँ हुँदा तरलता २०७८-०७९ मा ४० लाख ४४ हजार ७८ रुपैयाँ र २०७९।०८० मा २५ लाख ४५ हजार १९२ रहेको छ ।  संस्थाले एक वर्षमा ५८ लाख ९१ हजार ७७० रुपैयाँ मुनाफा गरेको संस्थाका कोषाध्यक्ष दामोदर निरौलाले जानकारी दिए । संस्थाले आफ्ना सेयर सदस्यहरूलाई परेको समस्यालाई समाधान गर्दै सामाजिक उत्तरदायित्वमा समेत काम गरेको निरौलाले बताए ।
साधारण सभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने सेयर सदस्यलाई सम्मान समेत गरेको छ। उत्कृष्ट रेमिट सेयर सदस्यमा भुन्टीदेवी यादव, उत्कृष्ट बचत महिला तर्फ  सुमन क्षेत्री घिमिरे, पुरुष तर्फ सुजितकुमार साह, ऋण कारोबार महिलामा बिन्दा कुमारी खड्का र पुरुषमा ललित चौधरी र उत्कृष्ट सेयर सदस्य अमित चौधरीलाई  सम्मान गरेको छ।  त्यस्तै बाल बचत तर्फ दुई जनालाई पुरस्कृत गरेको छ। बाल बचतमा दिक्षा साह र शरण तिवारीलाई पुरस्कार सहित सम्मान गरेको हो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले सहकारीहरू हुँदा खाने र हुनेखानेका बिचमा स्पष्ट छुट्टिन थालेको बताइन् । पछिल्लो समय आफू सहकारीको जुनसुकै कार्यक्रममा जान छाडेको बताएकी कार्कीले जागरूक बचत तथा ऋण सहकारी संस्था मजदुर र श्रमिकको क्षेत्रमा ईमान्दरीताका साथ काम गरेको संस्था रहेको बताइन् । कार्कीले हुँदा खाने सहकारी डुबेको स्मरण गर्दै सहकारीमा बचत गर्ने बचत कर्ताहरूले आफूले केमा हस्ताक्षर गर्दै छु त्यो बुझेर मात्र गर्न आग्रह गरिन् । पछिल्लो समय न्यायिक समितिमा धेरै उजुरीहरू सहकारीको आएकोले लेनदेन जस्ता कुराहरू हेरेर मात्र हस्ताक्षर गर्न तथा बिचार पुर्‍याएर कारोबार गर्न आग्रह गरिन् । विराटनगर महानगरपालिकाले कतिपय सहकारीहरू कार्वाही गरेको र त्यो खारेजीको चरणमा पुगेको बताइन्  ।
जिल्ला सहकारी सङ्घका कोषाध्यक्ष अमृत गुरुङले हिजोको मिल्स एरिया अहिले एरिया मात्र भएको गुनासो गरे। ‘सबै मिलहरू सकिएर एरिया मात्र बाँकी रहेको छ, उनले भने, तर पनि अप्ठेरोको बिच पनि संस्थाले राम्रो गरेको छ ।’ सहकारी समस्यामा पर्नु भनेको सदस्यको बचत जोखिममा पर्नु रहेकोले सबै गम्भीर हुनु पर्ने उनले बताए । जागरूक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका  अध्यक्ष सुनाङ्ग सुब्बाले अरू सहकारी भन्दा अब्बल रूपमा सहकारी  रहेको बताइन् । अहिले सहकारीहरू भाग्ने अवस्थामा रहँदा यो सहकारीले इमानदारीताका साथ मजदुर, महिला  तथा आर्थिक रूपमा कमजोर वर्गमा पुगेर बचत गर्न सिकाउने काम गरेको जानकारी दिइन्  ।

यहाँ कमेन्ट गर्नुहोस्