१४ बैशाख २०८१, शुक्रबार

प्रदेश १ मा एमाले विभाजनको असर : मुख्यमन्त्री जोगाउन आचार्यलाई सकस

संवाददाता

विराटनगर । शुक्रवार दिउँसो करिब ३ बजे होटल बिगमा एउटा बैठक चल्दै थियो । त्यही समय होटल एसियाटिकमा निवर्तमान मुख्यमन्त्री शेरधन राईको पत्रकार सम्मेलन थियो । उत्ता प्रदेश प्रमुखको कार्यालयमा भने मन्त्रीहरुको सपथग्रहणकोे तयारी देखिन्थ्यो । नेकपा एमाले बिभाजनको असरमा देखिएका यी गतिबिधि हेर्न लायक थिए । बिग होटलमा नेकपा (एस)ले १० जना सांसद लिएर बैठक बस्दै गर्दा प्रदेश प्रमुखको कार्यालयमा एकिकृत समाजवादीमा गनिएका २ जना सांसदले एमालेबाट मन्त्रीमा सपथ लिँदै थिए । उनीहरु एमाले छाडेन नजाने भएपछि भीम आचार्यले आफ्नो मन्त्री मण्डलमा सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएर बलबहादुर साम्सुहाङ र उद्योग पर्यटन वन ततथा वातावरण मन्त्रालयमा लछुमन तिवारीलाई ल्याएका हुन् । त्यही दिन अन्य २ जना मन्त्रीलार्य पनि सपथ खुवाउने भनिएको थियो अन्तरिक किचलोका कारण अन्य मन्त्रीको सपथ हुन सकेन ।
१० जना एकिकृतमा
एमालेमै बस्न भनेर मन्त्रीको अफर पाउनेमा परेकी उदयपुरकी सांसद सुनिता कुमारी चौधरीले मन्त्रीदिँदा पनि एमाले छाड्नेमा थिईन् । उनलाई मन्त्री दिन र सपथका लागि बोलाईएको भएपनि उनी एकिकृत समाजवादीको सांसदहरु भेला भएको बैठकमा गईन् । ‘मलाई मन्त्री खानु छैन, विचार गौढ भएको कारण नेकपा (एकिकृत समाजवादी) मा लागेको हुँ, उनले मकालुखबरसँग भनिन् ‘यदी म मन्त्री खाने थिएँ भने हिजै मैले सपथ लिई सकेको हुने थिएँ ।’ सपथ लिएकै समयमा एकिकृत समाजवादीको बैठकमा सहभागी हुनेमा उनी मात्र एक्ली थिइनन् अनी सहित १० जना सांसद पनि बैठकमा सहभागी थिए ।
१० जना सांसदहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा थिए । बैठकमा सांसदहरुले आफ्नो तर्फबाट भनाई राखेका थिए । बैठकमा छलफल भएपनि कुनै निर्णय भने नभएको बैठकमा सहभागी एक सांसदले बताए । ‘हामीलाई होटलमा बोलाईएको थियो, १० जना जम्मा भएका थियौँ , हामीले हाम्रा कुरा राख्यौँ, उनले भने, छलफल भयो निर्णय भने केही भएको छैन ।’
शुक्रबार दिउँसो भएको छलफलका आधारमा पार्टी विभाजन र दल छनौटको बारेमा मंगलवार निर्वाचन आयोग र प्रदेश सभा सचिवालयलाई जानकारी गराउने तयारी भएको बैठकमा सहभागी सांसदले बताए । बैठकपछि निर्वाचन आयोगमा मंगलबार समाजवादी दल रोजेको पत्र दिने निर्णय भएको सांसद राजेन्द्र राईले बताए ।
सत्ताको जोडघटाउ
प्रदेश सभामा अहिले प्रतिनिधित्व गर्ने नेकपा एमालेका ५१ जजना हुन् । नेकपा एमालेको बिभाजनसँगै अब त्यो संख्या घटेर तल झर्ने छ । एमाले भित्रका नेता तथा सांसदले गरेको अड्कल अनुसार ४ जना सांसद एमाले छाडेर एकिकृत समाजवादीमा जाने भनेका छन् । उनीहरुको यो भनाई शुक्रबार बसको बैठकले नै गलत साबित गरिसकेको छ। नेकपा एकिकृत समाजवादीको सांसदहरुको बैठकमा १० जना पुगेका छन् । यदी बिचमा कुनै चलखेल नहुँदा पार्टी भित्रको बैठकमा गएको र सहभागी भएको हैसियतले अब नेकपा एमाले एकिकृत समाजवादीमा लाग्ने प्रदेश सांसदको संख्या १० देखिन्छ । अहिलेसम्म दल छान्ने निर्णय निर्वाचन आयोगमा नगएको तथा प्रदेश सभामा त्यसको जानकारी नगएको कारण कति सांसद भन्ने एकिन छैन । नेकपा एकिकृत समाजवादीमा १० जनालाई नै आधार मान्ने हो भने भदौ १० गते बनेका मुख्यमन्त्री भीम आचार्यको सरकार एक महिना भन्दा नटिक्ने प्रतिपक्षीको आँकलन छ । प्रतिपक्षीले यो सरकारलाई असंबैधानिक भनिसकेका छन् । कुरा रह्यो एमालेको संख्या कति रहने भन्ने ।
एमाले भित्र ५१ जना मध्ये १० जना बाहिरिँदा ४१ जना सांसद हुनेछन् । प्रदेश सभामा पहिलो ठुलो दल भएर पनि एमालेले बहुमत गुमाउने छ । एमालेले विस्वास पाउनका लागि ४७ जना सांसदको बहुमत चाहिन्छ । ४१ जना लिएर अघि बढ्दा एमालेले ६ जना सांसद अन्यत्र बाट तान्नु पर्ने हुन्छ । अन्य दलसँगको समिकरण तत्काल देखिन्न्न । प्रदेश सभामा रहेका संघीय समाजवादीका ३ जना, राप्रपा र संयुक्त लोकतान्त्रीक राष्ट्रिय मञ्चको १-१ जना हुँदा पनि ४६ जना पुग्ने देखिन्छ । संघीय समाजवादीसँग तत्काल मिल्नसक्ने संभावना देखिन्न । केन्द्रको गठबन्धन अनुसार संघीय समाजवादीले नसघाएर अन्य साना २ दलले सघाउँदा एमालेको नेतृत्वमा सरकार बन्ने अबस्था हुँदैन । त्यस्तो अबस्थामा अहिलेको मुख्यमन्त्री भीम आचार्यले विस्वासको मत पाउने संभावना देखिन्न । दोश्रो बिकल्प भनेको प्रदेश १ मा रहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नेतृत्वका सरकार बनाउने । आचार्यले विस्वासको मत नपाएको अबस्थामा दोश्रो ठुलो दलको रुपमा कांग्रेस संसदीय दलका नेता राजीव कोईराला मुख्यमन्त्रीको दाबीमा देखिन्छन् । उनले आफ्नो दलको २१ जना सांसद सहित नेकपा (माओवादी केन्द्र) को १५ जना, एमालेबाट छुट्टीएर गएको नेकपा (एकिकृत समाजवादी)को १० जना र संघीय समाजवादी ३ जना सहित ४९ जना पुग्ने देखिन्छ । यो अबस्थामा साना दललाई साथ नलिँदा पनि सहजै गठबन्धनको सरकार बन्न सक्ने देखिन्छ । तर गठबन्धन भित्र पनि कसलाई मुख्यमन्त्री बनाउने भन्ने आन्तरिक कलह शुरु भएको छ । नेकपा (एकिकृत समाजवादी) आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गर्दैआएको छ। नेकपा एकिकृत समावजवादीका केन्द्रीय सदस्य राजेन्द्र राई आफु मुख्यमन्त्री बन्ने दाबी गर्दै आएका छन् ।
केन्द्रको निर्णय अनुसार आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी राईको छ । नेपाली कांग्रेस केन्द्रको निर्णय भएपनि प्रदेशको अबस्थालाई आधार बन्नु पर्ने बताउँदै आएको छ। नेपाली कांग्रेस संसदीय दलको नेता राजिव कोईराला केन्द्रको निर्णय बारेमा थाहा नभएकोले प्रदेश सभामा सांसद संख्या र यहाँको अबस्थालाई आधार मान्दा कांग्रेसको नेतृत्वमा सरकार बन्नु पर्ने दाबी गर्दै आएका छन् ।
मुख्यमन्त्रीमा आफ्नो्् दाबी रहँदै आएको उनको भनाई छ । दुई दल बिच सहमती हुन नसकेमा १५ जना सांसद लिएर बसेको नेकपा माओवादी केन्द्र पनि पाईहाले मुख्यमन्त्री आफ्नो हातमा पार्ने दाउँमा छ । यसअघि मन्त्री भईसकेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्र आङबो पनि मुख्यमन्त्री पाए नछाड्ने अबस्थामा छन् ।

यहाँ कमेन्ट गर्नुहोस्