१५ बैशाख २०८१, शनिबार

निवर्तमान सामाजिक विकास मन्त्री राईले ५ महिनामा के गरिन् ?

संवाददाता

उषाकला राई

विराटनगर । निवर्तमान सामाजिक विकास मन्त्री उषाकला राईले आफ्नो ५ महिने कार्यकालमा गरेका कामहरुको बिवरण सार्बजनिक गरेकीछिन् । मन्त्री भएपछि कामै गर्न नसकेको भनेर आलोचा खेपेकी राईले ५ महिनामा गरेको कामको फेहरिस्त सार्बजनिक गरेकी हुन् । शेरधन राईको नेतृत्वको प्रदेश १ सरकारमा २०७७ साल चैत्र १३ गते देखि २०७८ साल भाद्र १२ गतेसम्म राईले सामाजिक विकास मन्त्रीको रूपमा (१५६ दिन) जिम्मेवारीमा रहेर बिदा भएको उल्लेख भएकी छिन् । सबै जिल्ला अस्पतालमा (ख) वर्गको एम्बुलेन्स र शव वाहन खरिद गर्ने व्यवस्था गरिएको उल्लेख गरेकीछिन् । निवर्तमान मन्त्री राईको सचिवालयले सार्बजनिक गरेको एम्बुलेन्स सेवाको म्यापिङ्ग गर्ने र जी.पि.एस.प्रणाली जडित एम्बुलेन्स सेवा प्रणालीको विकास व्यवस्था मिलाइएको । गरीब तथा असहाय जनताले पैसाको अभावमा उपचार नपाएर त्यसै अकालमा मर्न नपरोस भन्ने उद्देश्यका साथ प्रदेश स्वास्थ्य कोष निर्माणको लागि बजेट विनियोजन भएको तथा असहाय जनताले पैसाको अभावमा उपचार नपाएर मर्नुपर्ने स्थितिको सदाका लागि अन्त्य भएको दाबी गरिएको छ ।
दक्ष जनशक्तिको व्यवस्थापन, सबै जिल्ला अस्पतालहरुमा आधुनिक उपकरण र अक्सिजन प्लान्ट जडान,सबै जिल्ला अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको व्यवस्था, (विशेषज्ञ चिकित्सकहरूलाइ जिल्ला अस्पतालहरूमा बस्ने वातावरण निर्माण गर्न हिमाली जिल्लामा ३००%, पहाडी जिल्लामा २५०% र तराइका जिल्लाहरूमा २००% प्रोत्साहन भत्ताको व्यवस्था गरिएको) उल्लेख गरेकीछिन् । पहाडी जिल्लाहरूका दुर्गम ठाउँहरूको प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम घर निर्माण साथै उक्त प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकहरूलाई मेडिकोलिगल तालिमको व्यवस्था गरिएको, विपदमा वैकल्पिक सिकाइका लागि विपद् प्रतिकार्ययोजना अनुसारको कार्यक्रम बनाइएको, आधारभूत विद्यालयलाई बालमैत्री विद्यालयको रूपमा विकासका गर्न अनुदान व्यवस्था गरिएको पनि दाबी गरिएको छ। बाल विवाह अन्त्यका लागि किशेरी सशक्त्तिकरण कार्यक्रम तथा प्रदेश बालकोष स्थापनाको काम भएको उल्लेख गरेकी छिन ।

सामजिक विकास मन्त्रालयमा स्तनपान कक्ष र बालमैत्री शौचालय निर्माण गर्ने व्यवस्था मिलाइएको, राष्ट्रपति आमा सम्मान कार्यक्रम ल्याइएको, परम्परागत तथा मौलिक संस्कृतिसँग जोडिएका मुख्यतः महिला स्वरोजगार तथा आर्थिक समृद्धि सम्बद्ध विशिष्टीकृत घरेलु उत्पादनहरूको गुणस्तर स्तरीकरण, ब्राण्डिङ्ग र बजारीकरणको अबधारणा सहितको सम्भाब्यता अध्ययन गरिएको राईले उल्लेख गरेकीछिन् ।
स्वदेशमै उत्पादित वस्तु तथा सामाग्री प्रवर्द्धन र प्रोत्साहनको लागि मेक इन नेपाल प्रवर्द्धन कार्यक्रम ल्याइएको बताएकी छिन् ।

यहाँ कमेन्ट गर्नुहोस्