१४ बैशाख २०८१, शुक्रबार

विराटनगरमा मनाईयो विश्व फार्मासिस्ट दिवस, सबैका एकै स्वर ‘ब्यवसायलाई विकृत हुन नदिउँ’

सुभाष भण्डारी

बिराटनगरमा भएको बिश्व फार्मासिस्ट दिवसको कार्यक्रम

विराटनगर । बिराटनगरमा बिश्व फार्मासिस्ट दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ। नेपाल फार्मास्युटिकल एसोसिएसनको आयोजना तथा विभिन्न फार्मेसीसँग सम्बन्धि सस्थाहरुको सहयोगमा कार्यक्रमको आयोजना भएको हो । औषधि ब्यबस्था बिभाग बिराटनगरमा बृक्षारोपण गरि सुरु भएको कार्यक्रम श्रीकृष्ण होटलमा औपचारिक कार्यक्रमको आयोजना गरि मनाईएको हो ।
औषधी ब्यवस्था विभाग विराटनगरका प्रमुख सन्जिब शर्मा कट्टेलले हाल नेपालमा ५ हजार फार्मासिस्ट १४ हजार एसिस्टेन्ट फारामासिस्ट रहेको जानकारी दिए । उनले कोरोना माहामारीमा सबै बन्द भएको अवस्थामा फार्मेसीले निर्वाध रुपमा सेवा उपलब्ध गराएको अवस्था रहेको जानकारी दिँदै उनले कतिपय स्थानमा फार्मेसी जनशक्तिको दुरुपयोग भै रहेको बताए । ‘मान्छे युरोप अमेरिका रहेको छ, नेपालमा लाइसेन्स भाडामा लगाई रहेकोले अबको दिनमा लाइसेन्स भाडामा लाउने क्रम रोकिनु पर्छ उनले भने, लाइसेन्स भाडामा लगाउने प्रबृतिले फार्मासिस्टलाई नै कमजोर बनाउने र विकृति बढ्छ ।’
शर्माले अस्पतालले अस्पताल परिसरमा फार्मेसी राखेको छ कि छैन? फार्मासी राखेपनि बिरामीले गुणस्तरीय औषधि प्राप्त भएको छ कि छैन हेर्न जरुरी रहेको औल्याए ।
‘स्वास्थ बीमामा प्रयाप्त दक्ष जनशक्तिको अभावका कारण समस्या रहेको छ, उनले भने, बीमाबाट औषधी वितरण हुँदा केही समस्याहरु देखिएको गुनासाहरु पनि आएका छन् ।’ उनले प्रदेशमा प्रादेशिक औषध बिभाग र प्रादेशिक प्रयोगशाला गठन हुन जरुरी रहेको औल्याए ।
प्रदेश स्वास्थ निर्देशनालय प्रमुख ज्ञान बाहदुर बस्नेतले जनतालाई राम्रो स्वास्थ लाभ गर्न इट्टा थप्ने ब्यक्ति फार्मासिस्ट रहेका कारण आफ्नो पेशा प्रती बफादार हुन जरुरी रहेको बताए । विरामी भएर अप्ठेरो अबस्थामा आएका नागरिकलाई सेवा दिने भनेको फार्मसिस्टहरुबाट नै हो, उनीहरुलाई गरिने ब्यवहारले आधि विरामी निको भएको महसुस हुने गरि सेवा दिन जरुरी रहेको बस्नेतको तर्क थियो ।

त्यस्तै औषधि ब्यबसायी संघ प्रदेश नम्बर एकका अध्यक्ष कुमार खतिवडाले फार्मेसी प्रतिको आकर्षण बढ्दै जानु सकारात्मक भएपनि केही गलत ब्यक्तिहरुको कारण औषधी ब्यवसाय क्षेत्र नै बद्नाम हुन दिने अबस्था आउन नहुने बताए । गलत ब्यक्तिको प्रबेशलाई ब्यवस्थित गरि ब्यवसायलाई नागरिक प्रतिको विस्वास गर्ने अबस्थाबाट बिमुख हु दिनु नहुने बताए । उनले लाईसेन्स भाडामा लगाएर ब्यवसाय संचालन गर्ने जोकोहीलाई औषधी ब्यवस्था विभागले कार्वाही गर्न सक्नुपर्ने बताए ।
‘औषधि ब्यवसाय डाक्टर डोमिनेटेड रहेको छ, उनले भने, डाक्टरले ब्राण्डमा ध्यान दिने गरेकोले समस्या हुने गरेको छ, यसलाई औषधि ब्यवस्था विभागले नियमन गर्नु जरुरी छ।’

बरिष्ठ फार्मासिस्ट गणेश तामाङले जनताको स्वास्थ्य ठिक गर्न सरकारबाट मात्र सम्भव नभई सक्षम जनशक्ति बनाउन तर्फ ध्यान दिनु पर्ने बताए । दक्ष जनशक्ति बनाउनको लागि तालिम दिनु पर्ने बताउँदै डाक्टर , फार्मासिस्ट नर्सिङ ल्याब र रेडियोग्राफी सबै मिलेर रोकका बिरुद्ध लड्न एक हुनु पर्ने औल्याए ।
पब्लिक फोरमका उत्तम ढुङ्गेलले सही औषधी सही सहि ब्यक्तिलाई दिई नागरिकलाई सेवाबाट बिमुख हुने अबस्था आउन नहुने बताए । उनले प्रमाणपत्र भाडामा राखेर अन्तै काम गर्ने क्रम रहेकाले यो रोकिन पर्ने र यसमा फार्मासिस्टहरु चनाखो भएर अघि बढ्नु पर्नेमा जोड दिए ।
नर्सिङ संघ सचिब तथा नर्सिङ क्याम्पस विराटनगरका प्रमुख मेनुका भण्डारीले ब्यवसायीक रुपमा सस्थाहरु आफ्नो हक हितकालागि नलाग्दासम्म कुनैपनि संस्थाको संस्थागत विकास हुन नसक्ने बताईन् । कुनै पनि स्वास्थसँग सम्बन्धित पेसाहरु डाक्टरहरुको मुनि रहने पेसा नभएर छुट्टै विशिष्ट सेवा रहेको दाबी गर्दै उनले कोभिडका समयमा फार्मासिस्टको योगदान उच्च रहेको बताईन् । औषधि ब्यबसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले चाँडो पैसा कमाउने लोभमा फार्मेसी ब्यवसायीहरु लागेकोले त्यस्ता समस्यालाई समाधान तर्फ लाग्नु पर्ने बताए ।
नोबेल अस्पताल फार्मेसीका प्रमुख बिपिन काफ्लेले नेपाल मा फार्मासिस्ट स्वास्थकर्मी हैनन् भन्ने जस्तो देखिएकाले यसलाई चिर्न फार्नासिस्ट सक्षम हुनु जरुरी रहेको बताए ।
एलाइभ फार्मास्युटिकलका मनोज भट्टराईले फार्मेसी भन्ने बितिकै नागरिकले औषधी भन्ने मात्र बुझेकोले यो औषधी पसल मात्र नभई क्यामेस्ट्रीलाई आधार मानेर औषधिको निर्माण गर्ने, डाक्टरसँग मिलेर काउन्सिलिङ गर्दै बिरामीलाई औषधि प्रदान गर्ने एक भरपर्दो ब्यक्ति भएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्