१२ बैशाख २०८१, बुधबार

प्रदेश १ मा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

संवाददाता

विराटनगर । प्रदेश १ मा मात्र पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ। दिउँसोसम्ममा प्रदेश १मा ३२ जनाले ज्यान गुमाएको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता नविन राईले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी ईलाम, पाँचथर, धनकुटा र मोरङ जिल्ला प्रभावित छ । ईलामाम १३ जना, पाँचथरमा ८ जना, धनकुटामा ६ जना, सुनसरीमा २ जना, उदयपुर, भोजपुर र मोरङमा १÷१ जना को मृत्यु भएको छ । मृत्यु हुनेमा पहिरोका कारण पुरिएका धेरै छन् ।
उदयपुरको गाईघाट–धरान सडक खण्डमा सवारी साधन चल्न सकेको छैन । कोशी राजमार्ग अन्तरगत धनकुटा अबरुद्ध भएको सडक खुलाउने प्रयास भईरहेको राईले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्