१३ बैशाख २०८१, बिहिबार

बाढीले सुनसरी–मोरङ औद्योगिक करिडोरमा २ अर्ब ४७ करोडको क्षति

संवाददाता

विराटनगर ।  मोरङ-सुनसरी औद्योगिक करिडोरमा २ अर्ब ४७ करोड १८लाख ९८ हजार क्षति भएको छ। गत कात्तिक ३ गते आएको हावाहुरी सहितको बर्षपछिको बाढीले उद्योग ब्यवसायमा ठुलो क्षति भएको हो । उद्योग संगठन मोरङलले औैद्योगिक क्षेत्रमा बाढी पछिको प्रभाव मुल्याङ्कन प्रतिबेदन सार्बजनिक गर्दै ४१ वटा उद्योगमा क्षति भएको जनाएको जनाएको हो । उद्योग संगठन मोरङका अध्यक्ष सुयेशराज प्याकुरेलले बाढी पछि तत्काल अध्ययनका लागि काम शुरु भएको र त्यसैको आधारमा प्रभाव मुल्याङ्कनका आधारमा प्रतिबेदन सार्बजनिक भएको बताए । उद्यमीहरुसँग माग गरिएको विवरण अनुसार ४१ उद्योगग प्रभावित भएकोमा मेसिनरी औजार उपकरणमा पनि क्षती भएको उद्योग संगठनले जनाएको छ । ९८ करोड १७ लाखद १८ हजार मेसिनरी औजारमा क्षति भएको, ७१ करोड २५ लाख ७० हजार कच्चा मालबस्तुमा, ७६ करोड ४ लाख ५ हजार तयारी बस्तुमा क्षती भएको र सरसफाई तथा फोहोर ब्यवस्थापनमा एक करोड ७१ लाख ६५ हजार खर्च भएको प्रतिबेदन सार्बजनिक गरेको हो ।
बाढी र डुवानका कारण उद्योग बन्द भई उत्पादन प्रक्रिया अबरुद्ध हुँदा स्थिर खर्च, प्रशासनिक खर्च लगायतका खर्चहरु उत्पादनको अबसर मुल्य तथा बजार श्रृङ्खला टुट्नगई थप ठुलो ब्ययभार थपिएको संगठनका अध्यक्ष प्याकुरेलले बताए । प्रभाबित ४१ वटा उद्योगको दैनिक प्रशासनिक खर्च ५ करोड हुने उनले बताए । अहिलेको अबस्थामा बाढी प्रभाबित २७ वटा उद्योगहरु एक हप्तादेखि संचालनमा आउन सकेका छैनन । ७ वटा उद्योगलाई अझै संचालनमा आउन २ लाग्ने ३ वटा उद्योगलाई ४ हप्ता र ४ वटा उद्योगलाई पूर्ववत अबस्थामा फर्किन ४ हप्ता भन्दा बढी लाग्ने उद्योग संगठनले जनाएको छ । संगठनको तथ्यांक अनुसार सबैभन्दा बढी प्रभावित बुढिगंगा गाउँपालिकाका उद्योगहरु रहेका छन् । त्यस्तै दुहबी नगरपालिका, ईटहरी उपमहानगरपालिका। बिराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाका उद्योगहरु बढी प्रभावित भएका छन् ।
छलफलको क्रममा हुलास वायरका प्रविण कर्णले हुलास वायरमा ४ वटा प्लान्टमा असर गरेको बताए । अहिले सबै मेसिनहरु बन्द भएको कारण तत्काल उद्योग संचालनमा आउने संभावना नरहेको बताए । उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष प्रदिपमुरारकाले हुलाकी राजमार्ग र ६ लेन सडकमा दोहोरो पानी बग्ने कल्भर्टहरु नबनाईदिँदा उद्योगहरु हरेक बर्ष डुवानमा पर्न थालेको बताए । ‘सडक बनाउँदा उचो बनाईयो, उनले भने, हाम्रा उद्योगका संररचना पुराना भएको कारण तल हुँदा निक्कै ठुलो क्षति ब्यहोर्नु पर्यो ।’
सप्तकोशी सिमेन्टका दिवस कटुवालले कर तिर्नको लागि ३ महिना पहिला देखि नै कर गर्ने स्थानिय तहले क्षतिको बारेमा जानकारी लिनको लागि एक पटक पनि नआएको गुनासो गरे । उद्योगग संगठनका कोषाध्यक्ष विपिन काब्राले हरेक बर्ष डुवानका कारण बिद्युत प्राधिकरणको दुहबी ग्रिड नै बन्द हुने अबस्था रहेकोले तत्काल यसलाई अन्यत्र ब्यवस्थापन गर्न सुझाए । ‘एउटा ग्रिड डुब्दा ४० घण्टासम्म प्रदेशभरी बिद्युत अबरुद्ध हुने गरेको छ, उनले भने, यो समस्या एक बर्षकालागि मात्र हैन हरेक बर्ष हुँदै आएकोले त्यस तर्फ सरकारको ध्यान जानु पर्छ ।’ मोरङका प्रमुख जिल्ला अधिकारील काँशीराज दाहालले समस्याको समाधानका लागि सम्बन्धित सबैै क्षेत्र जिम्मेवार हुनु पर्ने बताए । हरेक बर्ष बाढी आउँछ बगाउँछ भनेर जान्दा जान्दै पनि बस्ती राख्ने, हरेक बर्ष डुब्छ भन्ने जान्दा जान्दै पनि ग्रिड ब्यवस्थापन गर्न नसक्नु सरकार भित्रैको प्राबिधिक समस्या भएकोले त्यसको समाधानका लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाए । समस्या मात्र देखिने तर समाधानमा चासो नदिने गरेको भन्दै उद्योग संगनठले नीतिगत समस्या समाधानका लागि भन्दै बिराटनगर महानगरपालिकाका प्रमुृख प्रशासकीय अधिकृत उमेश बस्नेत र बुढिगंगा गाउँपालिलकाका उपप्रमुख अमृताकुमारी गच्छदारलाई समेत कार्यक्रममा बोलाएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्