१६ चैत्र २०८०, शुक्रबार

कम्युनिष्ट राजनीतिमा जीवन घिमिरे, जो केन्द्रीय सदस्यका उम्मेदवार हुन्

संवाददाता

चितवन । नेकपा एमालेको १० औँ महाधिबेशन चितवनमा जारी छ । यो महाधिबेशनबाट नेकपा एमाले नेतृत्वमा सरगर्मी छ। नेकपा एमालेको नेतृत्वमा संघर्ष गर्दै आएका जीवन घिमिरे पनि अहिले केन्द्रीय सदस्यको लाईनमा छन् । राजनीतिमा लामै योगदान गरेका उनले केन्द्रीय सदस्यको लागि उम्मेदवारी दर्ता गरेका छन् । बि.सं. २०३५ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेका घिमिरेले त्याग र निष्ठाको राजनीति गर्ने नेतामा गनिन्छन् । यस अघिको महाधिबेशनमा केन्द्रीय सदस्य रहेका उनले पदाधिकारीमा नगई अहिले पनि कन्द्रीय सदस्यमा नै बसेर पार्टीलाई सघाउने योजना अघि सारेका छन् । घिमिरेको बारेमा जान्न चाहनेहरुको लागि यस्ता हुने हुन घिमिरे ।
नाम ः जीवन घिमिरे
शिक्षा ः स्नातक
जन्म ः २०१८ माघ १०, खोटाङको हौँचुर ।
बुवा ः ः तानरानाथ घिमिरे (८६)
आमा ः मोहन कुमारी घिमिरे (७८)
श्रीमती ः विमला दहाल (घिमिरे)
छोरा÷छोरी ः सौरभ घिमिरे÷सौगात घिमिरे
२०३५ सालमा नेकपा मालेको सम्पर्कमा रही पार्टी र जनसंगठनको बिभिन्न तहमा क्रियाशिल रहेर राजनीति यात्रा तय गर्नुभयो ।
२०३६ सालमा झापा जिल्ला हालको शिवसतासीधाम नगरपालिकामा रहेको जन आदर्श माबि शिवगंजमामा कक्षा ९ मा पढ्दा नै स्वतन्त्र बिद्यार्थी युनियनको निर्बिरोध सभापति
अनेरास्ववियु, प्रथम झापा जिल्ला सम्मेलन आयोजक कमिटिको सदस्यको भुमिका निर्वाह गर्दै पार्टी एरिया कमिटि सदस्य ।
२०३७ सालमा पाटा आन्दोलनबाट चर्चित पुर्वी नेपालका किसान आन्दोलनमा नेतृत्वदायि भुमिकाका कारण पक्राउ र जेल चलान ।
२०३७ सालमा तात्कालिन पञ्चायति शासकले ज्यान मार्ने उद्योगको झुठो मुद्दा लगायो ।
२०३९ सालमा अनेरा स्ववियु झापा जिल्ला सचिव ।
२०३९ सालमा पञ्चायती विरुद्ध आन्दोलनका क्रममा राजकाज मुद्धा लगाईयो । सर्वश्व हरण सहित जन्म कैदको फैसला भयो । त्यसपछि घिमिरे निर्वाशित हुनुभयो । र सुनसरीलाई कर्मथलो बनाई पार्टी कमलाई निरन्तरता दिनुभयो ।
२०४० सालमा पार्टीको धरान नगर कमिटिको सचिव ।
२०४१ सालमा अनेरास्ववियु सुनसरी जिल्ला कमिटि अध्यक्ष ।
२०४३ सालमा पार्टी सदस्यता प्राप्त ।
२०४३ अनेरास्ववियु कोशी अञ्चल कमिटिको सचिव
२०४३ साल अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य, पुर्वाञ्चल प्रमुख ।
मदन भण्डारीको राजनीती प्रभावमा अघि बढ्नु भएका घिमिरे, बच्चा देखि नै मदनको सामिप्यता र निर्देशमा काम गर्नुहुन्थ्यो ।
२०४६ सालको जनआन्दोलनमा वाममोर्चाको प्रमुखको रुपमा नेतृत्व निर्वाह ।
२०४६ साल देखि २१ बर्ष सम्म मोरङ जिल्ला कमिटी सचिवालय सदस्य
२०६७ साल देखि कोशी अञ्चल कमिटी सदस्य ।
२०६९साल कोशी अञ्चल कमिटी सचिव
२०७१ सालमा पार्टी केन्द्रीय सदस्य, तथा कोशी अञ्चल ईन्चार्ज
पार्टी केन्द्रीय सदस्य, केन्द्रिय संगठन विभाग सदस्य, प्रदेश कमिटी प्रशिक्षण विभाग प्रमुखको भुमिका निर्वाह गरिसकेको
प्रदेश १ सामाजिक विकास मन्त्रीको कुशल अनुभव
सामाजिक क्षेत्रमा भुमिका ः
लायन्स क्लव अफ युनाईटेड विराटनगरको चार्टड प्रेसिडेन्नटको रुपमा भुमिका निर्वाह ।
रेडक्रसको आजीवन सदस्य,
मदन–भण्डारी स्मृती प्रतिष्ठानको संस्थापक÷आजीवन सदस्य
विराटराजा खोज तथा संरक्षण समितिको संस्थापक अध्यक्ष ।

यहाँ कमेन्ट गर्नुहोस्