०६ बैशाख २०८१, बिहिबार

एमाले विवाद के हुन्छ ?

संवाददाता

नेकपा एमाले

काठमाडौँ । नेकपा एमालेको दुई समूहबीच लामो समययता विवाद छ । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवाद अझै ‘सेफ ल्यान्डिङ्ग’ भइसकेको छैन । परिणामतः अहिले एमालेमा समानान्तर गतिविधि पनि भइरहेको छ ।

संस्थापन पक्षले यसअघि बसेको बैठक नै ‘पार्टी एकताको सवाल’ मा निर्णायक बैठक भनेपनि केही गर्न सकेन । संस्थापन पक्षमा नेम्वाङ्गसँगै विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु पार्टी एकता हुनैपर्नेमा अडानमा छन् । यसपछि उनीहरुले पार्टी अध्यक्ष ओलीलाई घच्घच्याइरहेका छन् । यसपछि अध्यक्ष ओलीले पनि केही लचकता देखाएका छन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेपालसँग थप चिढिएका अध्यक्ष ओलीले नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको उद्घोष गरेका थिए । त्यसपछि दोस्रो तहका नेताहरुको समन्वयमा ओली–नेपालबीच भेट्टाउन खोजिए पनि नेपालले नमान्दा भेट हुन सकेको छैन ।

नेपालले सहमतिका लागि भन्दै कार्यदलले बनाएको १० बुँदामा समेत सहमति जनाएका छैनन् । पार्टी ०७५ जेठ २ मा फर्किनेबारे १० बुँदे प्रस्तावनामा प्रष्टसँग लेखिएपनि ०७७ फागुन २८ गतेबारे केही नलेखिएको भन्दै नेपालले असन्तुष्टि जनाएका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्