१२ बैशाख २०८१, बुधबार

विराटनगरमा यात्रुबाहक सवारी लक्षित बाल संरक्षण अभियान शुरु

संवाददाता

विराटनगर । विराटनगरको ढाटमा केही मानिसहरु लाईन लागेर सार्बजनिक सवारीका साधनहरु रोक्न त्यसमा चढ्ने र झर्ने काम गर्दै थिए । बिहान करिब १० बजेतिरको यो दृश्यले सबै चकित थिए । बिराटनगर महानगरपालिका र बुढिगंगा गाउँपालिकाको सीमामा रहेको ढाटमा सार्बजनिक सवारी साधन रोक्ने काममा ट्राफिक प्रहरीले सघाउँदै थियो । झण्डै १० जना जतिको समुहमध्ये केहीले आफ्नो परिचय दिने कार्ड भिरेका थिए भने कोही हातमा पर्चा बोक्ने र गाडिको अगाडी, पछाडी तथा ढोकाहरुमा टाँस्दै थिए । त्यही समुह मध्येको अगुवा भने गाडीको भित्र प्रवेश गरे २ मिनेट आफ्ना कुरा सुनिदिन आग्रह गर्थे र आफ्ना कुरा सकेर झर्थे । यो क्रम निक्कै बेरसम्म चल्यो । ट्राफिक प्रहरी भएको कारण केही मोटरसाईकलहरु भाग्ने प्रयास गरेको पनि देखियो । कुरा अर्कै थियो ।
बालबालिकाको समस्याको बारे राष्ट्रिय बाल अधिकार परिषदले बिभिन्न्न संघ संस्थासँगको सहकार्यमा बालबालिकाको ओसारपसार, बेचबिखन तथा बालल यौन दुराचार हुनबाट जोगाउनको लागि यो अभियान शुरु गरेको हो । सार्र्बजनिक सवारी साधन मार्फत जाँदा धेरै नागरिकमा एकै पटक पुग्न सकिने भएकोले यो अभियान यात्रुबाहक सवारीलाई लक्षित गरेर आयोजलना गरिएको बाल अधिकार परिषद प्रदेश १ का फोकल पर्सन सुमन अधिकारीले जानकारी दिए ।
यो अभियानमा राष्ट्रिय बाल अधिकार परिषदद्वारा सञ्चालित बालबालिका खोेजवजतलास समन्वय केन्द्र १०४ विराटनगरको टोली पनि सहभागी थियो । प्रदेश १ को बिराटनगरमा प्रहरी नायव निरीक्षकको कमाण्डमा १०४ टोली परिचालित रहेको परिषदलेृ जजनाएको छ। यो अभियानमा राष्ट्रिय िबाल अधिकार परिषदसँगै माईती नेपाल, सिविन नेपाल, जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त प्रयासमा यो अभियानको थालनी भएकोे हो । बालबालिका हराएमा, भेटिएमा ववा बालबालिलका माथि कुनैपनि दुब्र्यवहार भएमा बालबालिका खोज तलास केन्द्र १०४ मा खबर गर्ने बारेमा सचेतना अभियान आयोजना भएको सहयोगी संस्था माइती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले बताए । विराटनगरबाट शुरु भएको यो अभियान झापाको बिर्तामोड, काँकडभिट्टा, धरान लगायतका स्थानमा पनि गर्ने तयारी राष्ट्रिय बाल अधिकार परिषदको छ । बालबलिको क्षेत्रमा काम गर्दै आएको सिविनका बासु अधिकारीले बालबालिकाकोे क्षेत्रमा अहिले राम्रो काम भएको बताए । ‘हामीले १०९८ मार्फत काम गर्दै आएका थियौँ, उनले भने, बालबालिका खोजतालास समन्वय केन्द्र १०४ मा फोेन गर्दा छिनको छिनमै प्रहरी पुग्ने र उद्दारको काम हुने गरेको छ।’ बालबालिकामाथि घरायसी रुपमा हुने द्वन्द, ¥याली ततथा जुलुसमा बालबालिकाको प्रयोग, बालश्रम, अपहरण, बेवारीस बालबालिकाको बारेमा जानकारी दिन उनीहरुले सुसुचित गराएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्