१५ चैत्र २०८०, बिहिबार

सरकार कोरोनाको नयाँ भेरियन्ट नियन्त्रण गर्न तयार छ : सामाजिक विकास मन्त्री यादव

संवाददाता

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारको राम्रो तयारी भईरहेको बताएका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा पूर्ब तयारी तिब्र पारिएको उनले बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाध्य तथा आवास अधिकारका सवालमा सरोकारवालावीच गरिएको प्रदेश स्तरिय अन्र्तक्रिया कार्यक्रममा मन्त्री यादवले प्रदेशमा हुनसक्ने संभावित अबस्थाको आँकलन गरि तयारी तिब्र पारिएको बताए । प्रदेश १ का १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार केन्द्रहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिईसकिएको उनले बताए ।
प्रदेश सरकारले सञ्चालन गरेको कोशी कोभिड १९ उपचार केन्द्रमा पनि वेडहरु थप गरिएको उनले जानकारी दिए । ‘कोभिड अस्पतालमा करिव २ सयको संख्यामा वेडहरु तयारी अवस्थामा छ, उनले भने, अक्सिजन, भेन्टिलेटर वेडहरु पनि थप गरिएको छ ।’ प्रदेश सरकार कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि सजग रहेको मन्त्री यादवको भनाई छ ।
कोरोना संक्रमण हुन नदिनका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन अपिल गरिएको उनले बताए । साहस नै रोगको उपचार भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाए कोरोनाबाट डराउनु नपर्ने मन्त्री यादवको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्