१५ बैशाख २०८१, शनिबार

देशको आर्थिक अबस्था कहालीलाग्दो अबस्थामा : उद्योग परिसंघ

संवाददाता

विराटनगर । बैँकको ब्याजदरको बिरोधमा ब्यापारी तथा उद्योगीहरु खुलेरै लाग्न थालेका छन् । केहीदिन अघि बिराटनगरमा रहेको मोरङ ब्यापार संघको बार्षिक साधारण सभामा बैँक संचालकहरु राणाकालिन साहु महाजन भएको आरोप लगाएका ब्यापारीले आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै बैँकको ब्याजदर नघटाए आन्दोन गर्ने चेतवनी दिए । नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले बिराटनगरमा पत्रकार सम्मेलन गर्दै देशको आर्थिक अबस्था कहालीलाग्दो अबस्थामा पुगेको बताएको हो ।
सरकारको पुजीगत खर्च बिगत ५ महिना मा ६ दशमलव ४६ प्रतिशत मात्र भएको अवास्था सरकार बाटै जानकारी मा आएकोले देशको कहालीलाग्दो आर्थिक अवास्था रहेको जानकारी दिएको हो । यस्तो अबस्थामा मुलुकमा नागरिकहरुको जिबनोयापन गर्न आबस्यक सामाग्री उत्पादन गर्ने उद्योग ब्यबसायीहरुको लगानी कारोवारमा प्रत्यक्ष असर गरेको छ, उद्योग परिसंघले भनेकोछ, अहिलेको अबस्थामा बाणिज्य बैंकहरुले पटक पटक ब्याज दरमा अत्यधिकवृद्धि गरि उद्योग ब्यबसाय र उत्पादनमा नै प्रहार गर्न खोजेको तर्फ हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ ।’
गत कात्तिक महिनाको १ गते देखि लागु हुने गरि सबै बैंकहरुलेनिक्षेपमा नयाँ ब्याजदर लागू गरिअत्यधिक र असामान्य तरिकाबाट ब्याजका दरहरु वृद्धि गरेको संघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।
‘नेपाल रास्ट्र बैकले आफ्नो मौद्रिक नीतिको प्रथम चौमासिक समिक्षा प्रतिबेदन सार्बजनिक गरि गर्दा निक्षेप संकलन र परिचालनको तुलनामा कर्जा बिस्तार अत्यधिक बढेकोले तेस्को असर तरलतामा चाप बढेको स्वीकार गरिएको छ, घिमिरेले पत्रकारसम्मेलनमा भने, बिगतमा निक्षेप बढाउने निउमा अत्यन्तै गैरजिम्मेवारी तरिकाबाट बैंकहरुले निक्षेपको ब्याजदर वृद्धि गरे पनि त्यसको नतिजा खासै नभएको प्रमाणित भइसकेको छ ।’
बैंकहरुले थोरै निक्षेप संकलनकालागि यसको तुलनामा अत्यधिक प्रभाव हुने कर्जामा समेत असर हुनेगरी ब्याज वृद्धिको कारणले उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने उद्योगीहरुलाई समस्यामा पार्ने काम भएको पत्रकार सम्मेलनमा बताए ।
उद्योग परिसंघ प्रदेश १ का प्रमुख सल्लाहकार तथा उद्योगी महेश जाजुले बैक्कहरुले लगानी गर्न छाडेको आरोप लगाए । ‘अहिले बैँकहरुले ब्याज त बढाएका छन् नै उनले भने त्यो भन्दा ठुलो कुरा त बैँकहरुले लगानी नै गर्न छाडेको छ ।’ बैँकले लगानी नै नगर्ने हो भने त्यस्तो अबस्थामा जति पनि ब्याज तिर्नु बाध्यता अउन सक्ने भएकाले यो बिषयमा सरकारले गम्भीर रुपमा लिनुपर्नेमा जाजुको जोड छ । अर्का उद्योगी पवनकुमार सारडाले राज्यको नीति लगानीमैत्री नहुँदा उद्योग ब्यवसाय धरासायी हुने अबस्था आएको बताए । फलामे छडमा ५ वटा उद्यागलाई मात्र राज्यले सुबिधा दिँदा अन्य उद्योगहरु बन्दहुने अबस्थामा पुगेको बताए । ‘बंगलादेश आजभन्दा ५ बर्ष अगाडी हाम्रो देशबाट सामान निर्यात हुने अबस्थामा थियो, अहिले उसले हामीलाई सामान पठाउनसक्ने अबस्थामा पुगेको छ, उनले भने, यो अबस्था आउनुको कारण भनेको राज्यको नीति हो ।’ अहिले निर्यातमुलक उद्योगहरुलाई २० प्रतिशत अनुदान दिएको छ । बंगलादेशले उद्योगहरुलाई २० प्रतिशत अनुदान दिएको छ, नेपालमा उद्योग टाँट पल्टाउने निती दिईएको भन्दै उनले सरकारको आलोचना गरे ।
बंगलादेश पुगेर फर्किएको नेपाल उद्योग परिसंघको टोलीले बंगलादेशमा कृषि र पर्यटनको प्रबर्द्धन तथा समन्वय गर्ने सहमति गरेको जनाएको छ। विद्युत प्रसारण लाईनको बारेमापनि सहमती भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । ‘परिसंघले मुलकका बैंकहरु राष्ट्रको अर्थतन्त्र उकास्ने माध्यम बन्नु पर्ने बताएको छ। बैंकहरुपनि ब्यापारी जस्तो नाफा कमाउने उदेश्यले प्रेरित भएका छन्, संघले भनेको छ, यिनका गतिबिधिहरु नाफा कमाउने ब्यापारी, पुराना साहु महाजन जस्तो पुरातनबादी भएका छन् ।’

यहाँ कमेन्ट गर्नुहोस्