१२ बैशाख २०८१, बुधबार

प्रदेश १ मा ८६० जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति

संवाददाता

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा १८४, मोरङमा १४५, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा ७, ते¥हथुम र उदयपुरमा ४–४, पाँचथर, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा
प्रदेश १ मा आज ४१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९६ महिला र २१७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्