१२ बैशाख २०८१, बुधबार

डेन्टल एसोसिएसन मोरङमा डा. प्रेक्षा निर्वाचित

संवाददाता

डेन्टल चिकित्सकहरूको संस्था नेपाल डेन्टल एसोसिएसन मोरङको नव निर्वाचित समिति

विराटनगर । डेन्टल चिकित्सकहरूको संस्था नेपाल डेन्टल एसोसिएसन मोरङको अध्यक्षमा डा. प्रेक्षा दली निर्वाचित भएकी छिन् । डा. प्रेक्षा गोलाप्रथाद्वारा निर्वाचित भएकी हुन् । विराटनगरमा शनिबार सम्पन्न भएको निर्वाचनमा डा. प्रेक्षा र उनकी प्रतिस्पर्धी डा. नुतन नौलाखे समान २४÷२४ मत ल्याएका थिए । एसोसिएसनमा ५० जना सदस्य भएपनि ४८ मत खसेको थियो । दुई जना सदस्य उपस्थित भएनन् । डा. प्रेक्षा र डा. नुतनले समान २४÷२४ मत पाएपछि अध्यक्ष गोला प्रथाबाट निर्वाचन गर्ने निर्वाचन समितिले निर्णय गरेको थियो ।
सोही अनुसार डा. प्रेक्षा गोलाप्रथाबाट नेपाल डेन्टल एसोसिएसन मोरङको दुई वर्ष कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएकी हुन् । यसअघि सर्वसम्मतबाट एसोसिएसनको नयाँ नेतृत्व चयन हँुदै आएको थियो । अन्य पदमा सर्वसम्मत रूपमा पदाधिकारी र कार्यसमिति चयन भएपनि अध्यक्षमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो । अहिलेसम्मको इतिहासमा नेपाल डेन्टल एसोसिएसन मोरङमा निर्वाचनको पद्धतिबाट अध्यक्ष निर्वाचन गरेको पहिलो पटक हो । एसोसिएसनको उपाध्यक्षमा डा. बिवेक सिंह, महासचिवमा डा. मिरा आचार्य, कोषाध्यक्षमा डा. पवन मेहता, सह–सचिबमा डा. विशालराज जोशी सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरू डा. प्राचि भगत, डा. नलेश कुमार देव, डा. अमिन कुमार सिंह र डा. आदित्य साह पनि सर्वसम्म रूपमा चयन भएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्