१३ बैशाख २०८१, बिहिबार

एएएमसीसी दुहबीद्वारा राष्ट्रिय महिला क्रिकेट टोलीलाई ब्याड हस्तान्तरण

संवाददाता

क्रिकेट ब्याड हस्तान्तरण

सुनसरी । मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश एकले राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडीलाइ जनही एक–एक थान क्रिकेट ब्याड हस्तान्तरण गरेको छ । इटहरीमा बुधबार एक कार्यक्रमको आयोजनागरि राष्टिय महिला क्रिकेट टिमकी क्याप्टेन रुबिना क्षेत्री सहित प्रदेश १ र २ का एघार जना खेलाडीलाई ब्याड बितरण गरेको हो ।
महेन्द्र मेमोरियल एकेडेमी दुहबीका निर्देशक निश्चल राज शाक्यको सहयोगमा ब्याड बितरण गरिएको सेन्टरका अध्यक्ष बिप्लब घोषले बताए । क्रिकेटका खेल सामाग्री महंगो भैरहेको अवस्थामा निशुल्क रुपमा पाएको स्तरिय ब्याडले खेलाडीहरुको प्रदर्शनमा सहयोग पुग्ने महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटाले बताए । मनमोहन मेमोरियल क्रिकेट सेन्टरले प्रत्येक बर्ष मनमोहन मेमोरियल एक दिवसीय राष्टिय क्रिकेट प्रतियोगा गराउदै आएको छ । यस्तै क्रिकेट खेलाडीहरुलाई बिभिन्न सहयोग र हकहितको क्षेत्रमाकामगर्दै आएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्