०७ बैशाख २०८१, शुक्रबार

साम्राज्ञीको प्रेमी बन्दै जितु

संवाददाता

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्र साइन गरेकी छिन् । उनले, लण्डनमा बसोबास गर्दै आएका कपिल रिजालको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्ट साइन गरेकी हुन् । यो चलचित्रमा साम्राज्ञीको जोडीको रुपमा कलाकार जितु नेपालले काम गर्ने पक्का भएको छ । यी दुबै कलाकारले चलचित्रका लागि लिखित संझौता गरिसकेका छन् ।

भदौको १५ गतेबाट चलचित्रको छायांकन गर्ने लक्ष्य निर्माणपक्षले राखेको छ । चलचित्रको छायांकन काठमाडौं र पोखराको विभिन्न स्थानमा हुनेछ । चलचित्रमा कलाकार विजय बरालको पनि अभिनय रहने पक्का भएको छ । चलचित्र ‘ड्रिम्स’मा लगानी गरेका कपिलले यही चलचित्रमार्फत निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।

वुझिएअनुसार, चलचित्रमा जितु साम्राज्ञीको प्रेमीको भूमिकामा देखिदैछन् । जितुसँग जोडी बाँधिन लागेकोमा साम्राज्ञी पनि खुशी छिन् । चलचित्रको कथा निक्कै नै फरक रहेकाले पनि साम्राज्ञी काम गर्न उत्साहित भएको वुझिएको छ । यो चलचित्रका लागि साम्राज्ञीले महंगो पारिश्रमिक वुझेकी छिन् ।

यहाँ कमेन्ट गर्नुहोस्